यस्ता आकर्षक फिचर सहित स्कोडा कुशाक लन्चिङको लागि तयारी

स्कोडा अटो इन्डिया भारतमा नयाँ स्कोडा कुशाक लन्च गर्ने तयारी अवस्थामा रहेको छ । कम्पनीले सो नयाँ एसयूभी यही वर्षको जुन महिनामा भारतीय बजारमा लन्च गर्ने सम्भावना रहेको छ । यद्यपि कोरोनाको दोस्रो लहरको कारणले गर्दा यसको लन्चिङ समय केही दिन अगाडी पछाडि हुन सक्छ ।

रिपोर्टका अनुसार स्कोडा कुशांकको डेलिभरी जुलाई महिनादेखि सुरु हुनेछ । कुशांकको ९५ प्रतिशत हिस्सा भारतमा निर्माण हुनेछ । कुशांक शब्द संस्कृतबाट लिइएको हो, जसको अर्थ राजा वा सम्राट भन्ने बुझिन्छ ।

सो एसयूभी भारतीय बजारमा ५ रङमा उपलब्ध हुनेछ । यसमा क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनी ओरेन्ज र टोमेरो रेड समावेश रहेको छ । सो एसयूभीको प्रोडक्सन मोडल केही हदसम्म भिजन इन कन्सेप्ट जस्तो देखिन्छ । यसमा १७ इन्चको स्पोर्टी ड्युल टोन अलोय ह्विल र ड्युअल टोन बम्पर समावेश गरिएको छ । यद्यपि यसको लोअर र मिड भेरिएन्टमा ग्राहकको लागि १६ इन्चको स्टिल रिम्स र १६ इन्चको अलोय ह्वील उपलब्ध रहेको छ । यसमा स्कोडा सिग्नेचर स्टाइल क्रोम फिनिस्ड ग्रिल र एलईडी टेललाइट समावेश गरिएको छ ।

स्कोडा कुशाकको ह्वीलबेस २६५१ एमएम, ग्राउन्ड क्लियरेन्स १८८ एमएम, लम्बाई ४२२१ एमएम, चौडाई १७६० एमएम र उचाई १६१२ एमएम रहेको छ । सो सेगमेन्टमा यही एसयूभीमा सबैभन्दा बढी ह्वीलबेस रहेको छ ।

भारतीय बजारमा स्कोड कुशाक दुई पेट्रोल इन्जिनको साथमा लन्च गरिनेछ । यसमा १.० लिटर, ३ सिलिन्डर टीएसआई इन्जिन समावेश गरिएको छ । जसले ११३ बीएचपीको पावर जेनेरेट गर्छ । यसमा ६ स्पिड एएमटीको विकल्प रहेको छ । अर्काे १.५ लिटर, ४ सिलिन्डर टीएसआई इन्जिन समावेश रहेको छ । जसले १४७ बीएचपीको पावर जेनेरेट गर्छ । सो इन्जिनमा ७ स्पिड डीएसजीको विकल्प रहेको छ । सो दुबै इन्जिनमा ६ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्ड समावेश गरिएको छ ।

सो कारमा ६ एयरब्याग, टायर प्रेसर मोनिटरिङ, ईएससी, आईएसओफिक्स चाइल्ड सिट माउन्ट, हिल होल्ड कन्ट्रोल, अटो हेडल्याम्प र वाइपर, मल्टी कोलिजन ब्रेकिङ सिस्टम जस्ता फिचर समावेश रहेको छ । साथै क्याबिनमा डुअल टोन पेन्ट स्किम रहेको छ । यसमा १० इन्चको इन्फोटेनमेन्ट सिस्टम रहेको छ । जसले एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्छ ।

सो एसयूभीमा भेन्टिलेटेड फ्रन्ट सिट, रियरमा एसी भेन्ट्स, वायरलेस मिररलिंक, एमआईडी इन्स्ट्रयुमेन्ट कन्सोल, एम्बियन्ट लाइटिङ, ७ स्पिकर म्युजिक सिस्टम, क्रुज कन्ट्रोल, २ स्पोक स्टेयरिङ ह्विल, स्टेयरिङ माउटेन्ड कन्ट्रोल, अटो डिमिनिङ आईआरभीएमएस, वायरलेस चार्जर र माई स्कोडा कनेक्ट जस्ता फिचर रहेको छ ।

भारतमा लन्च भए पश्चात नेपाली बजारमा पनि छिट्टै नै लन्च गर्ने तयारीका साथ नेपालमा कार्य भइरहेको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

नेपाली सेडान बजारमा थपिदै अर्को सेडान स्कोडा स्लाभिया : भारतीय बजार जस्तै प्रभावको अपेक्षा

नेपाली सेडान बजारमा थपिदै अर्को सेडान स्कोडा स्लाभिया : भारतीय बजार जस्तै प्रभावको अपेक्षा

कुनै समयमा निकै नै लोकप्रिय मानिएको सेडान बजारलाई हाल एसयूभी र क्रसओभरको...

२ करोड भन्दा कम मूल्यमै नेपालमा उपलब्ध हुने भयो ७ सिटर एसयूभी जिप मेरिडियन

२ करोड भन्दा कम मूल्यमै नेपालमा उपलब्ध हुने भयो ७ सिटर एसयूभी जिप मेरिडियन

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने जिपको नयाँ ७ सिटर एसयूभी मेरिडियनको...

पुरानो गाडीसँग नयाँ चांगन साट्न सकिने,  शुक्रबार र शनिबार ‘एक्सचेन्ज कार्निभल’ हुने

पुरानो गाडीसँग नयाँ चांगन साट्न सकिने, शुक्रबार र शनिबार ‘एक्सचेन्ज कार्निभल’ हुने

काठमाडौं – चांगन अटोले आफ्नो नक्साल सोरुममा एक्सेन्ज क्याम्प ‘एक्सचेन्ज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...