बैशाख देखि सुन्दर यातायातले विद्युतीय स्कुटरबाट राइड सेयरिङ सेवा दिने, हाल परीक्षण चल्दै
सुन्दर यातायातले विद्युतीय स्कुटरमार्फत राइड सेयरिङ सेवा प्रदान गर्ने...
काठमाडौं – होन्डा, बजाज र यामाहाका सवारी साधन खरिद गरेका ग्राहकले अटोलोनको भुक्तानी पनि अनलाइनबाटै तिर्न सक्ने भएका छन् । यसरी खल्तीबाट किस्ता तिर्ने तीन जना भाग्यशाली ग्राहकले जनही ५ हजार रूपैयाँ नगद समेत जित्ने कम्पनीले जानकारी दिएको छ ।
ग्राहकले स्याकार कम्पनीबाट होन्डा, हुलास इन्भेस्टमेन्टबाट बजाज र एमएडब्ल्यु इन्भेस्टमेन्टबाट यामाहाका सवारी साधन खरिद गरेवापत किस्ता भुक्तानी खल्तीमार्फत गर्दा खल्ती इएमआई बचत अभियानमा सहभागी हुन पाउने छन्।
यस योजनामा सहभागी हुन चाहने ग्राहकले मोबाइलमा ग्राहक पहिचान (केवाईसी) भेरिफाई गरेको हुनुपर्छ। यो योजना मे २ देखि जुन १, २०२१ सम्म लागू हुने कम्पनीले जनाएको छ ।
खल्तीबाट सवारी साधन ऋणको किस्ता तिर्न खल्तीको होमस्क्रिनमा रहेको इएमआईमा क्लिक गर्नुपर्छ र त्यहाँ रहेको सवारी साधनको ऋण प्रदायक कम्पनी छनौट गरी सजिलै भुक्तानी गर्न सकिन्छ ।
ग्राहकले सवारी साधनको किस्ता खल्ती वालेटवाट वा खल्ती लिंक गरेको बैंक खाताबाट सिधै भुक्तानी गर्न सक्ने जनाइएको छ ।
सुन्दर यातायातले विद्युतीय स्कुटरमार्फत राइड सेयरिङ सेवा प्रदान गर्ने...
आर्थिक वर्ष २०७९/८० का लागि सरकारले सार्वजनिक गरेको बजेटमा इलेक्ट्रिक...
हुन्डाईले कोरियामा भएको बुसान मोटर शोमा नयाँ कन्सेप्ट इलेक्ट्रिक कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...