स्कोडा स्लाभिया बन्न सक्छ २०२२ को गेम चेन्जर
स्कोडाले भारतमा २० वर्ष पुरा गरेको छ । स्कोडासँग हाल यसको लाइन–अपमा चारवटा...
जारी कोभिड–१९ को दोस्रो लहरले स्कोडाको बहुप्रतीक्षित एसयूभी कुशाकको लन्चिङ र डेलिभरीमा समेत असर पुग्ने भएको छ । यसका कारण सो एसयूभीको नेपाल आगमन समेत प्रभावित हुने भएको छ ।
स्कोडा कुशाक मार्च महिनामै भारतमा लन्च हुने समाचार सार्वजनिक भएको थियो । तर अब त्यो सम्भव भएको छैन । सो कुराको संकेत स्कोडा अटो इन्डियाका सेल्स, सर्भिस एन्ड मार्केटिङका डाइरेक्टर ज्याक होलिसले एक ट्विटको उत्तरमा दिएका छन् ।
उनले स्कोडा फाबियाको वारेमा सोधिएको प्रश्नमा कुशाक आगामी जुलाईमा डेलिभरी गरिने बताएका हुन् । उनले स्कोडा फाबिया अहिले भारतमा ल्याउने योजना नभएको, जुलाई देखि कुशाकको डेलिभरी गरिने र वर्षको अन्त्यमा एउटा नयाँ सेडान लन्च गरिने बताएका छन् ।
यसका आधारमा स्कोडा कुशाक पहिले तोकिएको समयमा लन्च र डेलिभरी नहुने पक्का भएको छ । यो भन्दा पहिले भारतमा मार्चमा लन्च हुने र नेपाली बजारमा समेत आगामी साउन महिनामा उपलब्ध हुने बताइएको थियो । यद्यपि यसको वारेमा कम्पनीले कुनै आधिकारिक जानकारी भने सार्वजनिक गरेको छैन ।
नेपालमा स्कोडाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले यसको लागि पहिले देखि नै विशेष तयारी गरिरहेको बताएको छ । स्कोडा कुशाकलाई नै लक्ष्यित गरी विभिन्न स्थानमा डिलर आह्वान गर्नुका साथै नयाँ जनशक्ति समेत भर्ना गरेको छ ।
२०२० अटो एक्सपोमा स्कोडा अटो इन्डियाले भिजन इन नामको एक कम्प्याक्ट एसयूभीको कन्सेप्ट सार्वजनिक गरेको थियो । सो कार लेटेस्ट फिचर सहित लन्च हुनेछ ।
सो कार भिजन इन एमक्युबी एओ इन प्लेटफर्ममा आधारित हुनेछ । सो प्लेटफर्ममा विकसित गरेको यो कार पहिलो हुनेछ । जसको प्रयोग पछि फक्सवागन र स्कोडा कारको लागि पनि प्रयोग गरिने छ । यही प्लेटफर्ममा फक्सवागन टाइगुन पनि विकसित गरिने छ । सो कारको लम्बाई ४२५६ एमएम, ह्वीलबेस २६७१ एमएम हुनेछ ।
लन्च पश्चात सो कारले हुन्डाई क्रेटा, किया सेल्टोस, निसान किक्स, रेनो डस्टरको साथै एमजी हेक्टर र टाटा हेरियरसँग प्रतिस्पर्धा गर्नेछ ।
स्कोडाले भारतमा २० वर्ष पुरा गरेको छ । स्कोडासँग हाल यसको लाइन–अपमा चारवटा...
स्कोडाले आफ्नो नयाँ सव फोर मिटर एसयूभी काइल्याकको भारतमा बुकिङ खुला गरेको...
काठमाडौं – सिट्रोनको भारतमा हालै सार्वजनिक भएको एसयूभी सिट्रो«न सी३ सन्...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...