ट्राफिकले दिन थाल्यो क्युआर कोड सहितको प्रतिलिपि सिफारिस
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले क्युआर कोडसहितको प्रतिलिपि...
कोरोनाको दोस्रो लहरले मुलुक आक्रान्त भइरहेका बेला कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडक खण्डमा पर्ने हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ खन्तीमा मङ्गलबारदेखि कालोपत्रको काम शुरु भएको छ ।
मुस्ताङको कोबाङदेखि कैकुखोलासम्मको साढे १५ किलोमिटर सडकखण्डमध्ये खन्तीबाट मङ्गलबारदेखि कालोपत्र गर्न लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाको प्याकेज नं ३ को ठेकेदार कम्पनी शर्मा गजुरमुखी जेभीका सबइन्जिनीयर सचिन शर्माले जानकारी दिए ।
ठेकेदार कम्पनी शर्मा गजुरमुखी जेभीका सबइन्जिनीयर शर्माले दिएको जानकारी अनुसार रु ५५ करोड ३० लाख १६ हजार ६०१ मा सडक कालोपत्रको जिम्मा लिएको हो । सो सडकमा आक्सपाल्ट प्रविधिको कालोपत्र हुने उनले बताए ।
इन्जिनियर शर्माका अनुसार साढे १५ किलोमिटर कालोपत्र र एक हजार ३०० मिटर ढलानको जिम्मा लिएको निर्माण कम्पनीले अहिलेसम्म ७० प्रतिशत भौतिक प्रगति गरेको छ । आगामी असार मसान्तसम्म ठेक्काको काम सक्ने लक्ष्यका साथ कालोपत्रको काम शुरु गरिएको उनले बताए ।
सडकलाई दुई लेन फराकिलो बनाइएको छ । घुम्ती तथा ग्रेड सुधार र नाली निर्माणको काम समाप्त भइसकेको उनले जानकारी दिए । शर्माका अनुसार सडक साढे आठ मिटर फराकिलो गरी कालोपत्र गरिँदै छ ।
त्यसै गरी, शर्मा गजुरमुखीले नै ठेक्का लिएको प्याकेज नं २ को जलथलेदेखि कैकुसम्मको सडकमा पनि कालोपत्रको तयारी गरिएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ, काभ्रे, घोप्टे भीर र रुप्से झरना क्षेत्र बाहेकका स्थानमा सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनी शर्मा गजुरमुखी जेभीले जनाएको छ ।
विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेको ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा २०७४ सालदेखि चार प्याकेजमा स्तरोन्नतिको काम भइरहेको छ । पहिलो प्याकेजमा पर्ने गलेश्वर–बेगखोलासम्मको १६ किलोमिटर सडकमा पनि कालोपत्रको तयारी भइरहेको सहायक ठेकेदार कम्पनी ओमकारेश्वर कन्स्ट्रक्सन प्रमुख अमृत दाहालले बताए ।
रासस
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले क्युआर कोडसहितको प्रतिलिपि...
काठमाडौं– काठमाडौँ उपत्यकामा हुने ट्राफिक जामका कारण वार्षिक एक खर्ब १६...
काठमाडौं बागमती प्रदेशमा स्वीकृत प्राप्त गरी सञ्चालनमा रहेका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...