हुन्डाईको अफर : १ करोड ५० लाख रुपैयाँसम्म पर्ने उपकरण ६० देखि ९० लाख रुपैयाँमै पाइने
हुन्डाई कन्स्ट्रक्सन इक्विप्मेन्ट नेपालले निर्माण व्यवसायीहरूलाई...
हुन्डाईले भारतीय बजारमा नयाँ इन्ट्रि लेवलको एसयूभी लन्च गर्ने तयारी अवस्थामा रहेको छ । कम्पनीको सो क्रसओभर माइक्रो एसयूभी भारतीय सडकमा परीक्षणको समयमा देखिएको छ । कम्पनीले सो माइक्रो एसयूभीलाई एएक्स१ कोडनेम दिएको छ । कम्पनीले सो एसयूभीको टिजर सार्वजनिक गरेको छ ।
हुन्डाई एएक्स१ को टिजरमा फ्रन्ट लुकको बारेमा केही जानकारी सार्वजनिक भएको छ । सो कारमा फंकी लुक रहेको छ । कारमा सर्कुलर हेडल्याम्प रहेको छ । जसको चारै तिर एलईडी डीआरएल समावेश रहेको छ । कारको मुख्य हेडल्याम्प युनिटको माथि टर्न इन्डिकेटर जडान गरिएको छ । साथै फ्रन्ट ग्रिलमा त्रिकोणीय मेश डिजाइन समावेश गरिएको छ । कारको एलईडी लाइट पनि निकै आकर्षक रहेको छ । यसमा त्रिकोणीय एलईडी हेक्सा प्याटर्नमा समावेश गरिएको छ ।
रिपोर्टका अनुसार हुन्डाईको सो नयाँ एसयूभी ३.७ देखि ३.८ मिटर लामो हुने सम्भावना रहेको छ । सो कार हुन्डाईको सब कम्प्याक्ट एसयूभी भेन्यु भन्दा सानो रहेको छ । कम्पनीले यसमा एड्भान्स फिचर र टेक्नोलोजीको साथमा पेश गर्नेछ । एएक्स१ मा सी पिलरमा रियर डोर ह्यान्डल उपलब्ध रहेको छ । सो माइक्रो एसयूभी कारमा ६ स्पोक अलोय ह्वील समावेश गर्ने सम्भावना रहेको छ ।
हुन्डाईले सो कारको टेक्निकल स्पेसिफिकेसनको बारेमा खुलासा गरेको छैन । रिपोर्टका अनुसार कम्पनीले एएक्स१ दुई पेट्रोल इन्जिन विकल्पको साथमा पेश गर्ने सम्भावना रहेको छ । सो कारमा १.० लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन र टर्बाेचाज्र्ड युनिट समावेश गर्ने सम्भावना रहेको छ । सो इन्जिनको साथमा अटोमेटेड म्यानुअल वा अटोमेटिक गियरबक्स समावेश गरिने सम्भावना रहेको छ । हुन्डाईको सो कार के१ प्लेटफर्ममा आधारित रहेको छ ।
हुन्डाई एएक्स१ नयाँ सेगमेन्टमा पेश हुनेछ । सो कारको मूल्य यसको लन्चिङको समयमा खुलासा गर्नेछ । तर, रिपोर्टका अनुसार कम्पनी सो कार ५ लाख भारुमा लन्च गर्ने सम्भावना रहेको छ । सो सेगमेन्टमा टाटा मोटर्सको नयाँ टाटा एचबीएक्स पनि चाँडे लन्च हुने भएको छ ।
हुन्डाई कन्स्ट्रक्सन इक्विप्मेन्ट नेपालले निर्माण व्यवसायीहरूलाई...
काठमाडौं–भारतका अधिकांश अटो निर्माताले नयाँ वर्ष २०२५ को पहिलो दिनबाटै...
हुन्डाईले आफ्नै ईभी ब्याट्री विकास र निर्माण गर्न नयाँ डेडिकेटेड प्लान्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...