हुन्डाई क्रेटा र भेन्यु : बने सबैभन्दा बढी बिक्री हुने एसयूभी र कम्प्याक्ट एसयूभी

हुन्डाई क्रेटा र भेन्यु भारतीय बजारमा धेरै बिक्री हुने एसयूभीको रुपमा पहिचान कायम गरेका छन् । अप्रिल महिनाको बिक्री तथ्यांकमा एसयूभीमा क्रेटा र कम्प्याक्ट एसयूभीमा भेन्युले सबैभन्दा बढी बिक्री हुने कारको रेकर्ड कायम गरेका छन् ।

गत एक वर्ष देखि नै क्रेटाले बिक्रीमा नम्बर १ रेकर्ड कायम गरिरहेको छ । कोभिड–१९ संकटको समयमा पनि यसको बिक्री लगातार राम्रो रुपमा भइरहेको छ । अप्रिल महिनामा केही गिरावट आए पनि समग्र बिक्रीमा यसले राम्रै पहिचान कायम गरेको छ ।

अप्रिल महिनामा भारतमा १२ हजार ४६३ युनिट क्रेटा बिक्री भएको छ । यो भन्दा पहिले मार्च महिनामा १२ हजार ६४० युनिट क्रेटा बिक्री भएको थियो ।

गत वर्षको कोभिड–१९ पहिले क्रेटा लन्च गरिएको थियो । त्यस पश्चात तीन पटक सम्म यसको मूल्य वृद्धि भइसकेको छ । तर मूल्यले यसमा केही असर पारेको छैन ।

नेपाली बजारमा समेत क्रेटा उपलब्ध छ । हाल नेपाली बजारमा हुन्डाई क्रेटाको मूल्य ४५ लाख ५६ हजार देखि ७४ लाख ९६ हजार रुपैयाँ सम्म छ ।

त्यसैगरी हुन्डाईको अर्को लोकप्रिय सबकम्प्याक्ट एसयूभी भेन्यु अप्रिल महिनामा सबैभन्दा बढी बिक्री भएको छ । अघिल्लो महिना १० हजार ७२२ युनिट बिक्री भएको भेन्यु अप्रिल महिनामा ११ हजार २४५ युनिट बिक्री भएको थियो ।

दोस्रो नम्बरमा रहेको सुजुकी ब्रेजा भन्दा भेन्यु २५ युनिट मात्र बढी बिक्री भएको हो । यो भन्दा पहिले लगातार ब्रेजा पहिलो नम्बरमा रहेको थियो ।

नेपाली बजारमा भेन्युको मूल्य ३६ लाख २६ हजार देखि ५० लाख ५६ हजार रुपैयाँ सम्म छ ।

सम्बन्धित समाचारहरू

हुण्डाई नेपालले सुरु गर्‍यो ‘मुभिङ टुआर्डस् न्यु नर्मल’ सर्भिस क्याम्पेन

हुण्डाई नेपालले सुरु गर्‍यो ‘मुभिङ टुआर्डस् न्यु नर्मल’ सर्भिस क्याम्पेन

काठमाडौं – हुण्डाई नेपालले ‘मुभिङ टुआर्डस् न्यु नर्मल’ कार्यक्रमको...

बेस भेरिएन्टमा हुन्डाई क्रेटा र स्कोडा कुशाक मध्ये कुन उत्तम, यस्तो हुन सक्छ सम्भावना

बेस भेरिएन्टमा हुन्डाई क्रेटा र स्कोडा कुशाक मध्ये कुन उत्तम, यस्तो हुन सक्छ सम्भावना

एसयूभी सेग्मेन्टमा मार्केट लिडर हुन्डाई क्रेटालाई पछिल्लो समय भित्रिएका...

आज लन्च हुँदैछ हुन्डाई अल्काजार, यस्तो हुनेछ १५ मुख्य फिचर

आज लन्च हुँदैछ हुन्डाई अल्काजार, यस्तो हुनेछ १५ मुख्य फिचर

हुन्डाईले तीन पंक्ति भएको हुन्डाई अल्काजार लन्च गर्ने भएको छ । सो कार खरिद...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...