होन्डा हाइनेस सीबी ३५० र सीबी ३५० आरएस सोल्ड आउट, सेप्टेम्बरका लागि खुल्यो बुकिङ
काठमाडौं – नेपाली बजारमा हालै भित्रिएका होन्डाका दुई मोटरसाइकल हाइनेस...
होन्डाले भारतमा एनएस २०० बाइकको ट्रेडमार्क दर्ता गरेको छ । यसका आधारमा धेरैले हिरो एक्सपल्सको प्रतिस्पर्धामा होन्डाले नयाँ बाइक बजारमा उतार्ने तयारी गरेको बताएका छन् ।
गत वर्ष होन्डाले विभिन्न मोडलका बाइक बजारमा ल्याएको छ । यो वर्ष अन्य बाइकका अतिरिक्त एनएक्स २०० समेत बजारमा उपलब्ध हुने र यसले हाल बजारमा राम्रो बिक्री भइरहेको हिरो एक्सपल्स २०० सँग प्रतिस्पर्धा गर्ने बताइएको छ । बजाज र टीभीएस समेत यो सेगमेन्टमा प्रवेश गर्ने तयारी गरिरहेको समयमा होन्डाले पनि यतातिर आँखा लगाएको मान्न सकिन्छ ।
यसको वारेमा विस्तृत विवरण सार्वजनिक भएको छैन । तर पनि होन्डाले यो बाइकमा हाल प्रचलित हर्नेट २.० को इन्जिन प्रयोग गर्ने अनुमान गरिएको छ । सो बाइकमा १८४ सीसीको इन्जिन छ, जसले १७.२ एचपी पावर र १६.१ एनएम टर्क जेनेरेट गर्छ । यसमा टु भल्व, फ्युल इन्जेक्सन सहितको एयरकुल्ड इन्जिन हुनेछ ।
त्यसैगरी यसको डिजाइन हिरो एक्सपल्सकै जस्तो हुनेछ । यसमा फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल हुनेछ । यसको फ्रेम हर्नेटकै जस्तो हुनेछ भने अफरोडका लागि यसको ह्यान्डल अफरोडका लागि उपयुक्त हुने गरी अलिकति फरक बनाइने छ । त्यसैगरी यसमा स्पोक ह्विल प्रयोग गरिने छ ।
अन्तर्राष्ट्रिय बजारमा होन्डाले यही सेगमेन्टमा सीबी१९०एक्स मोटरसाइकल उपलब्ध गराइरहेको छ । यसका आधारमा कतिपय डिजाइन यसबाट प्रभावित हुने अनुमान समेत गरिएको छ । त्यसैगरी बाइकमा एलईडी हेडलाइट र टेलल्याम्प समेत हुनेछ ।
काठमाडौं – नेपाली बजारमा हालै भित्रिएका होन्डाका दुई मोटरसाइकल हाइनेस...
होन्डाले आफ्नो सबैभन्दा लोकप्रिय सेडान कार अमेजको तेस्रो पुस्ताको मोडलको...
होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले आफ्नो सबैभन्दा लोकप्रिय स्कुटर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...