विद्युतीय बाइक ‘यात्री मोटरसाइकल’ को बुकिङ खल्ती वालेटबाट गर्न सकिने

काठमाडाैं - नेपालकाे पहिलाे विद्युतीय बाइक यात्री मोटरसाइकल पी–० र पी–१ को बुकिङ खल्ती डिजिटल वालेटबाट गर्न सकिने भएकाे छ । यात्री माेटरसाइकलले पहिलाे चरणमा १ हजार बाइककाे बुकिङ लिनेछ ।

कम्पनीले सुरूमा १० हजार रूपैयाँ भुक्तानी गरेर बाइककाे बुकिङ गर्न सकिने व्यवस्था मिलाएकाे छ । यात्री माेटरसाइकलले खल्तीबाट मात्रै बुकिङकाे भुक्तानी लिनेछ ।

कम्पनीले नगद भुक्तानी नलिने जनाएकाे छ । माेटरसाइकलकाे बुकिङ गत शुक्रबारदेखि खुला भइसकेकाे छ ।

यात्री माेटरसाइकल सहरी क्षेत्रका कामकाजीहरूलाइ लक्षित गरेर निर्माण गरिएकाे विद्युतीय सवारी हाे ।

खल्तीका सहायक प्रबन्धक जाेनाम भूर्तेल नेपालकाे पहिलाे विद्युतीय माेटरबाइककाे प्रि-बुकिङ प्लेटफर्म खल्तीलाइ बनाउन पाउँदा आफूहरू उत्साहित भएकाे बताउँछन् ।

यात्री मोटरसाइकल्सको वेबसाइटमार्फत १० हजार रुपैयाँमा बुकिङ गरे पश्चात करिव तीन महिना भित्रै मोटरसाइकल उपलब्ध गराउने कम्पनीको भनाइ छ । सो रकम पछि फिर्ता हुने गरी बुकिङ उपलब्ध गराइएको कम्पनीको भनाइ छ ।

यात्री पी–० पहिले नै सार्वजनिक भए पनि हालै प्रोडक्सन भर्सन सार्वजनिक गरिएको छ । यसको मूल्य भने १९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

पी–१ ले १९ एचपी पावर र ४३० एनएम टर्क जेनेरेट गर्छ । यसले सिंगल चार्जमा ११० किलोमिटर माइलेज दिन्छ ।

यसमा ३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री छ । यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा छ । यसलाई फास्ट चार्जरबाट १ घण्टा र सामान्य चार्जरबाट ६ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

अटोमोबाइल व्यवसायीको संसदतर्फको यात्रा

अटोमोबाइल व्यवसायीको संसदतर्फको यात्रा

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमार्फत प्रतिनिधि सभा सदस्य बन्न सफल...

केटीएमको नयाँ २०२७ फ्रीराइड ई पेश, १.५ घण्टामा चार्ज हुने र शक्तिशाली अफरोड प्रदर्शन

केटीएमको नयाँ २०२७ फ्रीराइड ई पेश, १.५ घण्टामा चार्ज हुने र शक्तिशाली अफरोड प्रदर्शन

केटीएमले आफ्नो बहुप्रतीक्षित इलेक्ट्रिक अफरोड मोटरसाइकल २०२७ फ्रीराइड ई...

पेट्रोल कारको तुलनामा विद्युतीय कारको टायर किन छिटो खराब हुन्छ ?

पेट्रोल कारको तुलनामा विद्युतीय कारको टायर किन छिटो खराब हुन्छ ?

विश्वभर विद्युतीय कारको प्रयोग तिब्र गतिमा बढिरहेको छ । कार्बन उत्सर्जन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...