नाडा अटो शोमा अप्रिलिया र भेस्पाका नयाँ मोडल, २८ हजार ५ सय रुपैयाँसम्मको विशेष लाभ
काठमाडौं – नेपालमाअप्रिलिया र भेस्पाका आधिकारिक वितरक डेल्टा अटोकर्प...
पियाजियोले भारतमा नयाँ अप्रिलिया एसएक्सआर १२५ म्याक्सी स्कुटर लन्च गरेको छ । एसएक्सआर १२५ भारतीय बजारमा १ लाख १५ हजार भारु मूल्यको साथमा सार्वजनिक गरिएको छ । सो स्कुटरलाई कम्पनीको वेबसाइटमा ५ हजार भारुमा बुक गर्न सकिने बताएको छ । सो स्कुटर चार रङ सेतो, निलो, रातो र कालो रङमा प्रस्तुत गर्नेछ ।
सो स्कुटरमा १२५ सीसीको सिंगल सिलिन्डर, एयर कुल्ड तीन भल्व इन्जिन समावेश गरिएको छ । सो इन्जिनले ७६०० आरपीएममा ९.४ बीएचपीको पावर र ६२५० आरपीएममा ९.२ एनएमको टर्क जेनेरेट गर्छ । भारतीय बजारमा सो स्कुटरको सुजुकी बर्गम्यान स्ट्रिट १२५ सँग प्रतिस्पर्धा हुनेछ, जसको मूल्य ८४ हजार ३७१ भारु रहेको छ ।
नयाँ एसएक्सआर १२५ मा १४ इन्चको ह्वील उपलब्ध रहेको छ । सो स्कुटरको डिजाइनमा फुल एलईडी लाइटिङ सेटअप उपलब्ध रहेको छ । सो स्कुटरमा एलसीडी ड्यास, अन्डरसिट स्टोरेज स्पेस, लामो विन्डस्क्रिन, लक गर्न सकिने फ्रन्ट स्टोरेज कम्पार्टमेन्ट, ७ लिटरको इन्धन ट्यांकी र यूएसबी चार्जिङ पोर्ट समावेश गरिएको छ ।
अप्रिलियाले ग्लोबल मार्केटको लागि अपडेट अप्रिलिया आरएस १२५ र अप्रिलिया टुनो १२५ बाइक समेत सार्वजनिक गरेको छ । सो बाइक चाँडै नै बिक्रीको लागि उपलब्ध हुनेछ । सो बाइकको लुक पहिलोको भन्दा आकर्षक हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...