कोरोनाको असरः हुन्डाईको अल्काजार एसयूभी लन्चिङ स्थगित

हुन्डाई मोटर इन्डियाले हुन्डाई अल्काजारको लन्चिङ समय केही दिनको लागि स्थगित गरेको छ । कम्पनीले सो कार आज नै भारतीय बजारमा लन्च गर्ने घोषणा गरेको थियो । तर, कोरोना महामारी बढेसँगै सो कारको लन्चिङ समय केही दिनको लागि स्थगित गरिएको हो । कम्पनीले हुन्डाई अल्काजार भारतमा मे २०२१ मा लन्च गर्नेछ ।

हुन्डाई अल्काजार सेकेन्ड जेनेरेसन क्रेटाको ७ सिटर भर्सन हो । जसलाई कम्पनीले २०२० मा भारतीय बजारमा लन्च गरेको थियो । सोही कारण अल्काजारको फ्रन्ट र सी पिलर आदि सबै क्रेटा जस्तो देखिन्छ । यद्यपि सो कारको पछाडिको भाग क्रेटा भन्दा फरक रहेको छ ।

रिपोर्टका अनुसार सो कार क्रेटा भन्दा ३० एमएम लामो रहेको छ । यसको ह्वीलबेसको उचाई २० एमएम रहेको छ । सो कारको क्याबिनमा तेस्रो पंक्ति पनि रहेको छ । यसको दोेस्रो पंक्तिमा क्याप्टेनको लागि सिट समावेश गरिएको छ । यसको स्टाइल पुरै क्रेटा जस्तो रहेको छ । सो कारमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको साथै ब्लुलिंक कनेक्टेड कार टेक, भेन्टिेलेटेड सिट, फ्ल्याट बटन स्टेयरिङ ह्वील, ३६० डिग्री क्यामेरा र प्यानोरमिक सनरुफ जस्ता फिचर रहेको छ ।

भारतीय बजारमा हुन्डाई अल्काजार २ सिटिङ अप्सनमा उपलब्ध हुनेछ । यसमा ६ सिटर र ७ सिटर समावेश रहेको छ । रिपोर्टका अनुसार अल्काजार ३ इन्जिनको साथमा भारतमा लन्च गरिने छ । यसमा १.५ लिटर पेट्रोल इन्जिनले ११५ पीएसको अधिकतम पावर जेनेरेट गर्छ । यसको १.५ लिटर टर्बाे डिजेल इन्जिनले १३८ बीएचपी र १.४ लिटर टर्बाेचाज्र्ड इन्जिनले ११५ पीएसको पावर जेनेरेट गर्छ ।

सो कारको सबै भेरिएन्टमा ६ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्ड समावेश रहेको छ । साथै ग्राहकको लागि ७ स्पिड ड्युअल क्लच अटोमेटिक ट्रान्समिसनको विकल्प पनि रहेको छ । भारतीय बजारमा सो कारको मूल्य १२ लाख देखि १८ लाख भारुको बीच हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाई एक्साभेटरमा दशैं अफर, ५ लाखसम्मको नगद लाभ

हुन्डाई एक्साभेटरमा दशैं अफर, ५ लाखसम्मको नगद लाभ

हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्टको नेपालका लागि आधिकारिक बितरक...

प्रगति पथमा लम्किदै, सपना पूरा गर्दै हुन्डाई नेपाल

प्रगति पथमा लम्किदै, सपना पूरा गर्दै हुन्डाई नेपाल

फेब्रुअरी २००९ देखि नेपालमा हुन्डाई गाडीहरूको एकमात्र आधिकारिक वितरकको...

हुन्डाईले ल्यायो ‘अनबिटेबल एक्सचेन्ज’ अफर, यस्ता छन् छुट र सुविधा

हुन्डाईले ल्यायो ‘अनबिटेबल एक्सचेन्ज’ अफर, यस्ता छन् छुट र सुविधा

काठमाडौं– हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...