७ सिटर किया क्यारेन्सले मच्चायो सनसनी, ३६ महिनामा २ लाख युनिट बिक्री
किया सेल्टोस र सोनेट पछि अब कियाको ७ सिटर फेमिली कार क्यारेन्सले बिक्रीमा...
दक्षिण कोरियाली अटोमोबाइल कम्पनी कियाले जनवरीमा नयाँ ब्रान्ड लोगो सहित नयाँ एसयूभी लन्च गरेको थियो । कम्पनीले नयाँ पहिचान स्वरुप कम्पनीको नयाँ लोगो लन्च गरेको छ । कम्पनीको नयाँ लोगो अब भारतमा सेल्टोस र सोनेट एसयूभीमा देखिने भएको छ । किया मोटर्स इन्डिया अब किया इन्डियाको नामले चिनिने कम्पनी बताएको छ ।
कियाको नयाँ लोगो दक्षिण कोरिया पछि भारतमा लन्च गरिनेछ । कियाले भारतीय बजारमा ३ नयाँ एसयूभी लन्च गर्ने घोषणा गरेको छ । किया भारतीय बजारमा चोथौ सबैभन्दा बढी बिक्री हुने ब्रान्ड हो । यसको साथै २ लाख ५० हजार युनिट बिक्री गर्ने भारतको पहिलो ब्रान्ड समेत हो । किया इन्डियाका अनुसार कियाले हरेक २ मिनेटमा नयाँ कार बिक्री हुने गरेका छन् ।
किया इन्डियाले मेको सुरुवातमा सेल्टोस र सोनेट एसयूभीको फेसलिफ्ट भर्सन लन्च गर्नेछ । भारतमा कियाको बिक्रीको ९० प्रतिशत यही कार हुने गरेको छ । सो दुबै कारमा अपडेट डिजाइन उपलब्ध हुने अनुमान गरिएको छ । नयाँ लोगोको साथमा टेक्निकल अपडेट गरिनेछ ।
नयाँ किया सेल्टोसमा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स कमान्ड सिस्टम समावेश गरिएको छ । सो फिचरको मदतले सनरुफ, ढोका र झ्याल सजिलै खोल्न र बन्द गर्न सकिन्छ ।
यसको साथै कारको टप एचटीके भेरिएन्टमा वायरलेस फोन प्रोजेक्सन फिचर रहेको छ । जबकि एचटीके प्लस भेरिएन्टमा इलेक्ट्रिक सनरुफ, अटोमेटिक टेम्प्रेचर कन्ट्रोल, बीच फेब्रिक सिट, रिमोट इन्जिन स्टार्ट, स्मार्ट जस्ता फिचर उपलब्ध हुने अनुमान गरिएको छ ।
साथै टप भेरिएन्टमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, भेइकल स्टेबिलिटी म्यानेजमेन्ट, ब्रेक एसिस्ट जस्ता फिचर समावेश गरिएको छ ।
किया सेल्टोस र सोनेट पछि अब कियाको ७ सिटर फेमिली कार क्यारेन्सले बिक्रीमा...
किया मोटर्सले कोरियन बजारमा किया के८ लन्च गरेको छ । नयाँ किया के८ मा पहिलो...
पेट्रेल र डिलेको आकाशिंदो मूल्य बृद्धिसंगै सवारीसाधन संचालन गर्दा लाग्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...