नेपालमै बनेको यात्री पी–१ मोटरसाइकल १० हजारमा बुकिङ गर्न सकिने

काठमाडौं – यात्री मोटरसाइकल्सले हालै सार्वजनिक गरेको पी–१ मोटरसाइकल १० हजार रुपैयाँमा बुकिङ गर्न सकिने बताएको छ । यो मोटरसाइकलको मूल्य ४ लाख ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यात्री मोटरसाइकल्सको वेबसाइटमार्फत १० हजार रुपैयाँमा बुकिङ गरे पश्चात करिव तीन महिना भित्रै मोटरसाइकल उपलब्ध गराउने कम्पनीको भनाइ छ । सो रकम पछि फिर्ता हुने गरी बुकिङ उपलब्ध गराइएको कम्पनीको भनाइ छ ।

यात्री पी–० पहिले नै सार्वजनिक भए पनि हालै प्रोडक्सन भर्सन सार्वजनिक गरिएको छ । यसको मूल्य भने १९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । पहिले नै ५० जनाले यसको बुकिङ गरिसकेको र उनीहरुलाई नै यो बाइक उपलब्ध गराइने कम्पनीको भनाइ छ ।

पी–१ भने अब सबैले बुकिङ गर्न सक्ने छन् । पी–१ ले १९ एचपी पावर र ४३० एनएम टर्क जेनेरेट गर्छ । यसले सिंगल चार्जमा ११० किलोमिटर माइलेज दिन्छ ।

यसमा ३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री छ । यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा छ । यसलाई फास्ट चार्जरबाट १ घण्टा र सामान्य चार्जरबाट ६ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

यी दुई मोटरसाइकल सार्वजनिक गरिए पश्चात धेरैले मूल्य बढी भएको गुनासो सामाजिक सञ्जालमा पोखिरहेका छन् । यो अवस्थामा अझै सस्तो मोटरसाइकल ल्याउने तयारी भइरहेको समेत कम्पनीले बताएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...