भारतीय राजदुतावासलाई अशोक लेल्यान्डको एड्भान्स लाइफ सपोर्ट एम्बुलेन्स हस्तान्तरण

काठमाडौं – नेपालमा अशोक लेल्यान्डको आधिकारिक वितरक आइएमई ग्रुप अन्तर्गतको आइएमई मोटर्स प्रालिले एक कार्यक्रम बीच भारतीय राजदुतावासलाई दुई थान सुविधा सम्पन्न एड्भान्स लाइफ सपोर्ट एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

नेपाल भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स उपहार स्वरुप हस्तान्तरण गरिएको बताएको छ । दुतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ–संस्थाहरुलाई एम्बुलेन्स साथै स्कुल बसहरु उपहारस्वरुप प्रदान गरेको हो ।

स्वास्थ्य सेवा, विशेषगरी आपतकालीन स्वास्थ्य सेवाको पहुँचलाई सहज बनाउन नेपाल सरकारको प्रयासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएकोमा थप एम्बुलेन्सहरु उपहार स्वरुप प्रदान गरेको बताएको छ । राजदुतावासले ती एम्बुलेन्सहरु सहिद गंगालाल हृदयरोग केन्द्र बाँसवारी र धुलिखेल अस्पताललाई पुनः दिएको बताएको छ ।

आइएमई मोटर्सले एम्बुलेन्स सहित विशेष सुविधायुक्त दमकल, मोर्टर्युरी भ्यान, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठूला कमर्सियल गाडीहरु बिक्री–वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउदै आएको बताएको छ ।

सम्बन्धित समाचारहरू

बिना धितो ८० प्रतिशत फाइनान्समा दोस्त सिरिजका पिकअप

बिना धितो ८० प्रतिशत फाइनान्समा दोस्त सिरिजका पिकअप

काठमाडौं – अशोक लेल्यान्ड गाडीको नेपालका लागि आधिकारिक वितरक आईएमई...

८० प्रतिशत सम्मको फाइनान्स सुविधामा अशोक लेल्यान्डका गाडी खरिद गर्न सकिने

८० प्रतिशत सम्मको फाइनान्स सुविधामा अशोक लेल्यान्डका गाडी खरिद गर्न सकिने

अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आइएमई मोटर्सले अधिक...

दोस्त मिनी पीकअपमा आईएमई मोटर्सको नयाँ अफर, यस्ता छन् सुविधा

दोस्त मिनी पीकअपमा आईएमई मोटर्सको नयाँ अफर, यस्ता छन् सुविधा

काठमाडौं– अशोक लेल्यान्डको मिनी पीकअप दोस्तमा नयाँ अफर आएको छ । नेपालका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...