युरोपेली बजारबाट नेपालको सोरुम आइपुग्यो फिचर लोडेड स्कोडा कोडियाक एसयूभी

काठमाडौं – स्पोर्टी दृश्य, क्रिस्टलाइन डिजाइन, क्लास लिडिङ सेफ्टी र ‘सिम्प्ली क्लेभर’ सोलुसनले भरिएको अल न्यु स्कोडा कोडियाक नेपालको स्कोडा सोरुममा आइपुगेको छ । सन् २०१८ मा पहिलो पटक नेपाली बजारमा उपलब्ध स्कोडा कोडियाक हाल ग्राहकको चाहना बमोजिम फेरि युरोपबाट निर्यात गरी नेपाली बजारमा उपलब्ध गराइएको छ ।

स्कोडाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले नयाँ स्कोडा कोडियाक नेपाली बजारमा उपलब्ध गराएको हो । सो एसयूभीको लम्बाई ४.७० मिटर छ भने यसमा क्लासमै सबैभन्दा ठूलो बुट स्पेस रहेको छ । उच्च सेगमेन्टका गाडीमा मात्र पाइने प्रशस्तै इन्टेरियर स्पेस, प्राक्टिकल इन्टेलिजेन्स र इनोभेटिभ टेक्नोलोजी स्कोडा कोडियाकमा उपलब्ध छ । पावर, पर्फमेन्स, कम्फर्ट र नेक्स्ट जेन टेक्नोलोजी जस्ता प्रिमियम फिचर यसमा पाउन सकिन्छ ।

स्कोडा कोडियाकमा भएको टोर्नाडो लाइन, सटिक किनारा र क्रिस्टलाइन प्रभावले यसको फरक स्टाइललाई प्रस्तुत गरेको छ । यसको नयाँ डिजाइन ल्यांग्वेजले एसयूभी सेगमेन्टमा गाडीको भर्सटाइल छविमा अझै निखारता ल्याएको छ ।

नयाँ स्कोडा कोडियाकमा २.० टीडीआई इन्जिन रहेको छ, जसले १५० पीएस पावर र ३४० एनएम टर्क जेनेरेट गर्छ । यसमा ७–स्पिड ड्युअल क्लच ट्रान्समिसन छ । यो गाडीले १०.१ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको स्पिड लिन सक्छ भने यसको टप स्पिड १९२ किलोमिटर प्रतिघण्टा छ ।

यो गाडीमा सुरक्षाका लागि अन्य कुराका अतिरिक्त ९ एयरब्याग, प्यानोरामिक सनरुफ, फ्रन्ट तथा रियर हिटेड सिट र हिटेड स्टेयरिङ ह्विल आदि थप फिचरको रुपमा उपलब्ध छन् । त्यसैगरी ईबीडी सहितको एबीएस, ब्रेक असिस्ट, मल्टी–कोलिजन ब्रेक, अल–राउन्ड पार्किङ सेन्सर र ब्लाइन्ड स्पट मोनिटरिङ सिस्टम उपलब्ध छ । यी सबैका कारण यसमा सुपेरियर एसयूभीको अनुभूति गर्न सकिन्छ ।

सामान्यतः उच्च सेगमेन्टका गाडीमा मात्र पाइने थ्री–जोन क्लाइमेट्रोनिक फिचर यसमा उपलब्ध छ । पछिल्लो सिटका लागि कन्ट्रोल प्यानल समेत यसैमा उपलब्ध छ ।

यो गाडी फोर बाई फोर अल ह्विल ड्राइभमा उपलब्ध छ भने चार ड्राइभिङ मोडमा चलाउन सकिन्छ । यसमा ट्रिनिटी १८ इन्चको ह्विल छ ।

इन्फोटेनमेन्ट र कनेक्टिभिटीका लागि यसमा २०.३२ सेमीको सेन्ट्रल इन्फोटेनमेन्ट सिस्टम छ । त्यसैगरी स्मार्टलिंक, भ्वाइस कमान्ड र अडियो कन्ट्रोल समेत छ । यी सबैलाई स्टेयरिङबाटै नियन्त्रण गर्न सकिन्छ ।

स्टोरेजका लागि स्कोडाले पहिलो पटक यसैमा पावर न्याप प्याकेज र रिमुभेवल बुट टर्च उपलब्ध गराएको छ । स्कोडाले सेगमेन्टमै सबैभन्दा ठूलो बुट स्पेस उपलब्ध गराएको छ, जसलाई २७० देखि २००५ लिटर सम्म क्षमताको बनाउन सकिन्छ । पछिल्लो सिट फोल्ड गर्दा आवश्यकता अनुसार धेरै स्पेस बनाउन सकिन्छ ।

गाडीमा इलेक्ट्रिकल्ली कन्ट्रोल गर्न सकिने पाँचौ ढोका समेत फिट गरिएको छ भने किलेस इन्ट्री, स्टार्ट र स्टप बटन समेत उपलब्ध छ । त्यसैगरी खुट्टाले सेन्सरको सहयोगले नै भर्चुअल रुपमा नै बुट खोल्न र बन्द गर्न सकिने सुविधा समेत यसमा उपलब्ध छ ।

हाल नेपाली बजारमा स्कोडा कोडियाक स्टाइल भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य १ करोड ६५ लाख रुपैयाँ तोकिएको छ ।

सुविधाहरु
२.० टीडीआई इन्जिन रहेको छ, जसले १५० पीएस पावर र ३४० एनएम टर्क जेनेरेट गर्छ
९ एयरब्याग, प्यानोरामिक सनरुफ, फ्रन्ट तथा रियर हिटेड सिट र हिटेड स्टेयरिङ ह्विल
थ्री–जोन क्लाइमेट्रोनिक फिचर
पावर न्याप प्याकेज र रिमुभेवल बुट टर्च
खुट्टाले सेन्सरको सहयोगले नै भर्चुअल रुपमा नै बुट खोल्न र बन्द गर्न सकिने सुविधा
२७० देखि २००५ लिटर सम्म क्षमताको बुट स्पेस
स्मार्टलिंक, भ्वाइस कमान्ड र अडियो कन्ट्रोल
२०.३२ सेमीको सेन्ट्रल इन्फोटेनमेन्ट सिस्टम
फोर बाई फोर अल ह्विल ड्राइभ
ट्रिनिटी १८ इन्च ह्विल

सम्बन्धित समाचारहरू

काठमाडौंमा आइपुग्यो स्कोडा कुशाक, आगामी सातादेखि टेस्ट ड्राइभ गर्न सकिने

काठमाडौंमा आइपुग्यो स्कोडा कुशाक, आगामी सातादेखि टेस्ट ड्राइभ गर्न सकिने

काठमाडौं – स्कोडाको नयाँ एसयूभी कुशाक काठमाडौं आइपुगेको छ । नेपालका लागि...

यी कारको बिक्री बन्द भयो सन् २०२१ मा : इकोस्पोर्ट देखि यारिस सम्म

यी कारको बिक्री बन्द भयो सन् २०२१ मा : इकोस्पोर्ट देखि यारिस सम्म

कोरोना महामारीका कारण सन् २०२१ सवारी साधन बजारमा निकै उतारचढाव आएको छ ।...

स्कोडा कुशाकको स्निक प्रिभ्यु, यस्तो छ हालै नेपाल भित्रिएको एसयूभी

स्कोडा कुशाकको स्निक प्रिभ्यु, यस्तो छ हालै नेपाल भित्रिएको एसयूभी

काठमाडौं – नेपालका लागि स्कोडाको आधिकारिक वितरक एमएडब्ल्यु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...