अविरल वर्षाका कारण देशभरका सडक अवरुद्ध : दसैं मनाउन हिडेका सर्वसाधारण मर्कामा
अविरल वर्षासँगै खसेका पहिराका कारण राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र...
काठमाडौं । पूर्व-पश्चिम राजमार्गलाई विस्तार गर्ने सरकारको योजनाअनुसार नागढुङ्गा-मुग्लिन सडक बिस्तार अघि बढाइने भएको छ ।
यसअघि मुग्लिन-नारायणगढ सडक विस्तार गरिएकामा आगामी आवदेखि नागढुङ्गा-मुग्लिन बिस्तार गर्ने तयारी अघि बढाइएको छ । सो सडक निर्माण शुरु भएको पाँच वर्षमा सकाउने लक्ष्य लिइएको छ ।
सडकको लम्बाइ ९२ किमी रहेको छ । विश्व बैंकको सहुलियतपूर्ण ऋणमा सडक विस्तारको काम अघि बढाउन लागिएको हो । उक्त खण्डमा विस्तारको काम तीन खण्ड गरेर अघि बढाइने नागढुङ्गा-मुग्लिन सडक योजनाले जनाएको छ ।
तीन खण्डमा नारायणगढ-नौबिसे, नौबिसे-मलेखु र मलेखु-मुग्लिन गरेर विस्तार गरिने छ । तीन खण्डमध्ये नागढुङ्गा-नौबिसे र नौबिसे-मलेखु खण्डको प्रारम्भिक अध्ययन सकिएको योजना प्रमुख अमृतमणि रिमालले बताए ।
उनका अनुसार सो खण्डको मूल्याङ्कन सकिएर विश्व बैंकमा स्वीकृतिका लागि पठाइएको छ । तीन खण्डमा आगामी आवमा ठेक्का प्रक्रियामा जाने उहाँको भनाइ छ ।
‘आगामी आवमा ठेक्कामा गएर दशैँसँगै निर्माण शुरु हुनेछ,’ उनले भने ।
विस्तारका लागि ठेक्का प्रक्रियामा जानु पहिले सडकको अधिकार क्षेत्र खाली गरिएको प्रमुख रिमालले बताए । सो खण्डमा अहिले रुख र खम्बा सार्न प्रक्रिया अघि बढाइएको छ । त्यस्तै पुल निर्माण गर्ने स्थानमा जग्गाको मुआब्जाका लागिसमेत प्रक्रिया थालिएको उनले बताए ।
सो खण्डमा २६ पुल निर्माण हुनेछ । सडक कम्तीमा ११ मिटर चौडाइ हुने बताइएको छ । मुग्लिन–नारायणगढ खण्डमा जस्तै यो खण्डमा पनि अहिले भएका पुल त्यहीँ छाडेर त्यसको आसपासमा नयाँ पुल निर्माण गर्न लागिएको छ । सडकको अधिकार क्षेत्रमा व्यक्तिगत सम्पत्ति नभएकाले निर्माणस्थल खाली गर्न समस्या नहुने उनले बताए ।
‘सडकको केन्द्रबाट १५/१५ मिटर लिँदा ठूलो समस्या हुने छैन,’ उनले भने ।
सडक निर्माणका लागि वातावरणीय अध्ययन गर्न प्रक्रिया अघि बढाइएको प्रमुख रिमालले बताए । सम्बन्धित डिभिजन कार्यालयलाई पत्राचार गरेर प्रक्रिया थालिएको छ ।
‘ती कार्यालयबाट स्वीकृति भने आइसकेको छैन,’ उनले भने ।
काठमाडौँ उपत्यकाबाट देशका पश्चिमतर्फ जाने सवारीसाधन सबैभन्दा बढी गुड्ने भएकाले नागढुङ्गा-मुग्लिन सडकमा सवारी चाप धेरै हुने गरेको छ । वैकल्पिक सडकबाट सवारीसाधनलाई पठाएर निर्माण गर्दा समयमै काम सकाउन सकिन्छ ।
मुग्लिन-गल्छी खण्डसम्म वैकल्पिक सडक नभएकाले सोही सडकमा सवारीसाधनलाई सञ्चालन गरेर सडक निर्माण गर्नुपर्ने उनले बताए ।
यो खण्डमा भित्तामा एक लेन कटिङ गरेर एकातिरबाट सवारीसाधन जान दिने र अर्को लेनमा निर्माण अघि बढाइने योजनाले जनाएको छ । गल्छीबाट नागढुङ्गासम्म भने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ । सो सडकका विकल्पका रुपमा गल्छी-लामिडाँडा-भीमढुङ्गा र सीतापाइला-धार्के विकल्पमा प्रयोग गर्न सकिन्छ ।
पहिले छ/सात मिटर चौडाइ रहेकामा अहिले सडकलाई ११ मिटर हुने गरी विस्तार गर्न लागिएको हो । पहिलेभन्दा झण्डै दोब्बर चौडाइको सडक भएपछि सो खण्डमा सवारी जामको समस्या हल हुने आशा गरिएको छ । काठमाडौँ उपत्यकाबाट बाहिरिने विभिन्न नाकामध्ये सबैभन्दा बढी सडक जाम यही सडकमा हुने गर्छ ।
सरकारले नागढुङ्गा-सिस्नेखोला खण्डमा सुरुङमार्ग निर्माण अघि बढाइरहेको छ । नागढुङ्गा-मुग्लिन सडक सम्पन्न भएपछि काठमाडौँ भित्रने वा काठमाडौँबाट बाहिर जाने सवारीसाधन सजिलै आउजाउ गर्न सक्नेछन् ।
यसअघि ३६ किमी लम्बाइको मुग्लिन-नारायणगढ सडक सम्पन्न भइसकेको छ । सो खण्डमा पुल निर्माण अघि बढिरहेको छ । उक्त खण्डमा चट्टान भएका ठाउँमा बाहेक चौडाइ ११ मिटर रहेको छ । सडक कम्तीमा नौ मिटरदेखि बढीमा ११ मिटरसम्म चौडा बनाइएको योजनाले जनाएको छ ।
सञ्चिता घिमिरे/रासस
अविरल वर्षासँगै खसेका पहिराका कारण राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र...
नारायणगढ–मुग्लिन सडकखण्डमा आज देखि दैनिक चार घण्टा सवारी आवागमन रोकिने...
आजको डिजिटल युगमा मोबाइल फोन हाम्रो जीवनको अभिन्न अङ्ग बनिसकेको छ । तर, के...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...