ट्राफिक जरिवाना आफ्नै बैंक खाताबाट सीधै तिर्न सकिने

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानालाई अनलाइनमार्फत सहज र सुविधायुक्त भुक्तानी गर्ने व्यवस्था गरेको छ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले यसअघि नै अनलाइन सेवा प्रदायक संस्थाबाट सीधै ट्राफिक जरिवाना भुक्तानी सुरु भए पनि अझ बढी सहज, सरल र सुविधायुक्त बनाउन आफ्नै बैंक खाताबाट सीधै जरिवाना तिर्न सकिने गरी सेवा विस्तार गरेको जानकारी दिए।

यसले आम सवारी चालकलाई जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने, लामो समय व्यर्थ खर्चिनुपर्ने बाध्यता अन्त्य हुने र भीडभाडमा समेत कमी आउने उनको भनाइ छ।

ट्राफिक महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणाली (आरआईएमएस) र सेवाप्रदायक संस्थाबीच आबद्ध भई रियल टाइममा सम्बन्धित बैंकको खातामार्फत भुक्तान हुने गरी सिस्टम सञ्चालन गरेको ट्राफिक महाशाखाले जनाएको छ।

शुक्रबारदेखि थप ४५ वटा बैंक तथा वित्तीय संस्था र ७ वटा अनलाइन भुक्तानी सेवाप्रदायक संस्थाबाट सीधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिनेछ। आगामी दिनमा अन्य सेवाप्रदायक संस्थासँग समेत जोडिँदै जाने महाशाखाको योजना रहेको छ।

सम्झौतापत्र हस्तान्तरण कार्यक्रममा अनलाइन सेवाप्रदायक कम्पनी फोन पे प्रालिको तर्फबाट दिवशकुमार सापकोटार नेपाल क्लियरिङ हाउस लि. (कनेक्ट आईपीएस) का मुन्नी राजभण्डारी तथा अन्य प्रतिनिधिको उपस्थिति थियो।

आगामी दिनमा अनलाइन भुक्तानी प्रणाली सेवा सञ्चालनसम्बन्धी महाशाखाले निर्धारण गरेको मापदण्ड पूरा गर्ने अन्य सेवाप्रदायकलाई समेत आबद्ध गर्दै लाने योजना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचारहरू

विश्वको दोस्रो राइड–हेलिङ एप इनड्राइभ नेपालमा बन्यो ट्राभल र नेभिगेसनमा पहिलो

विश्वको दोस्रो राइड–हेलिङ एप इनड्राइभ नेपालमा बन्यो ट्राभल र नेभिगेसनमा पहिलो

काठमाडौं – विश्वका विभिन्न ४८ देशहरूमा सञ्चालन भइरहेको ग्लोबल मोबिलिटी र...

तनहुँको विमलनगर–घाँसीकुवा खण्ड थप १५ दिन बन्द

तनहुँको विमलनगर–घाँसीकुवा खण्ड थप १५ दिन बन्द

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको विमलनगर–घाँसीकुवा खण्ड आजदेखि थप १५ दिन...

मोटरसाइकल, गाडी र अन्य सामानको आयातमा असार मसान्त सम्म पूर्ण प्रतिबन्ध

मोटरसाइकल, गाडी र अन्य सामानको आयातमा असार मसान्त सम्म पूर्ण प्रतिबन्ध

काठमाडौं – उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...