इलेक्ट्रिक गाडी दीगो ई८ किन्दा आइफोन १२ प्रो म्याक्स उपहार

काठमाडौं – नयाँ वर्ष २०७८ को अवसरमा दीगोको इलेक्ट्रिक गाडी ई८ किन्दा आइफोन १२ प्रो म्याक्स उपहार पाइने भएको छ । नेपालका लागि दीगो ब्रान्डका इलेक्ट्रिक गाडी वितरक दीगो ग्रुप अफ कम्पनिजले यो अफर सार्वजनिक गरेको हो ।

सो गाडी किन्दा यो वाहेक एक वर्षको निःशुल्क बिमा सुविधा समेत उपलब्ध हुनेछ । नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक गाडी मध्ये दीगो ई८ सबैभन्दा सस्तो इन्ट्री लेवलको कार मानिन्छ ।

दीगो ई८ कारको मूल्य २४ लाख ९४ हजार रुपैयाँ तोकिएको छ ।

दीगो ई८ को १५.२ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीले फुल चार्जमा नर्मल अपरेटिङ कन्डिसनमा १५० किलोमिटर माइलेज दिन्छ (एनइडिसी २०० किलोमिटर) । दीगो ई८ मा थ्री फेज एसिंक्रोनस मोटर छ जसले १००० आरपीएममा ११७ एनएम टर्क र उच्चतम १५ किलोवाट पावर उत्पादन गर्छ ।

यो कार ३ किलोवाटको चार्जरका साथ आउँछ र जसलाई घर वा कार्यालयमा सजिलै चार्ज गर्न सकिन्छ । ई८ को हिल असिस्ट फिचरले ओरालो बाटोमा गाडीलाई पछि हट्नबाट रोक्छ । दीगो ई८ ले ब्रेकिङका बेला उत्पन्न हुने काइनेटिक इनर्जीलाई इलेक्ट्रिकल पोटेन्सियल इनर्जीमा बदल्दै प्रतिचार्ज माइलेज बढाउन रिजेनेरेटिभ (पुनरुत्पादक) ब्रेकिङ प्रणाली उपयोग गरेको छ ।

सम्बन्धित समाचारहरू

नेटाले ल्यायो दशैं अफर अनबिटेवल डिल्स : नेटा भी र नेटा एक्स ईभी किन्दा विशेष छुट र रमाइलो अफर

नेटाले ल्यायो दशैं अफर अनबिटेवल डिल्स : नेटा भी र नेटा एक्स ईभी किन्दा विशेष छुट र रमाइलो अफर

काठमाडौं – नेपालका लागि नेटा ईभीको आधिकारिक वितरक सीजी मोटर्सले दशैंको...

१२.९८ लाखमा बीवाईडी एट्टो ३ लिन सकिने, एभरेष्ट बैंकले ८० प्रतिशत कर्जा दिने

१२.९८ लाखमा बीवाईडी एट्टो ३ लिन सकिने, एभरेष्ट बैंकले ८० प्रतिशत कर्जा दिने

काठमाडौं – नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको...

लोमान्थाङ पुग्ने पहिलो इलेक्ट्रिक पिकअप वन्यो जेएसी टी८

लोमान्थाङ पुग्ने पहिलो इलेक्ट्रिक पिकअप वन्यो जेएसी टी८

नेपाली बजारमा विक्री हुँदै आएको इलेक्ट्रिक पिकअप जेएसी टी८ ले लोमान्थाङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...