अब महिन्द्रा एक्सयूभी ७०० : प्रिमियम फिचर सहित लन्च हुँदै महिन्द्राको नयाँ एसयूभी

महिन्द्राले बुधबार ग्लोबल एसयूभी प्रोजेक्टको नाम घोषणा गरेको छ जसको कोडनेम डब्ल्यु६०१ राखिएको थियो । कम्पनीको लेटेस्ट एसयूभीको नाम महिन्द्रा एक्सयूभी ७०० हुनेछ । यसलाई ‘महिन्द्रा एक्सयूभी सेभेन डबल ओ’ नामले उच्चारण गरिने छ ।

सो एसयूभी २०२२ मा लन्च गर्ने सम्भावना रहेको छ । एक्सयूभी ७०० महाराष्ट्रको चाकनमा कम्पनीको प्लान्टमा निर्माण गरिनेछ । कम्पनीले सो एसयूभीको नाम भिडियो मार्फत खुलासा गरेको थियो ।

नयाँ एसयूभी महिन्द्रा एक्सयूभी ७०० कम्पनीको पोर्टफोलियोमा फ्ल्यागसिप मोडल महिन्द्रा अल्टुरस जी४ एसयूभी भन्दा तल राखिएको छ । यद्यपि हाल उपलब्ध एक्सयूभी ५०० कार उपलब्ध हुन्छ हुँदैन भन्ने जानकारी दिइएको छैन । यदि एक्सयूभी ५०० को निर्माण जारी भए महिन्द्राको एक्सयूभी ७०० एसयूभीलाई एक्सयूभी ५०० भन्दा माथि राखिनेछ ।

महिन्द्रा एक्सयूभी ७०० डिजेल र पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ । साथै सो एसयूभीमा म्यानुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प हुनेछ । सो एसयूभीको टप स्पेक भेरिएन्टलाई अल ह्वील ड्राइभको साथमा प्रस्तुत गरिनेछ ।

सो एसयूभीमा लेटेस्ट साईफाई टेक्नोलोजी, विश्व स्तरीय सेफ्टी फिचर र सो सेगमेन्टमा पहिलो पटक उपलब्ध हुने फिचर हुनेछ । भारतीय बजारमा लन्चिङ पछि सो एसयूभी टाटा सफारी र एमजी हेक्टर प्लससँग प्रतिस्पर्धा गर्नेछ । हाल उपलब्ध एक्सयूभी ५०० को तुलनामा एक्सयूभी ७०० ठूलो एसयूभी हुनेछ ।

सम्बन्धित समाचारहरू

कुमारी बैंकले धितोमा रहेको स्कोर्पियो र सञ्चय कोषले पुराना मोटरसाइकल बेच्दै

कुमारी बैंकले धितोमा रहेको स्कोर्पियो र सञ्चय कोषले पुराना मोटरसाइकल बेच्दै

काठमाडौं – कुमारी बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा...

महिन्द्राले अर्को इलेक्ट्रिक एसयूभी एक्सयूभी.ई९ चाँडै लन्च गर्ने

महिन्द्राले अर्को इलेक्ट्रिक एसयूभी एक्सयूभी.ई९ चाँडै लन्च गर्ने

महिन्द्राले भारतीय बजारका लागि नयाँ इलेक्ट्रिक भेइकल विकास गरिरहेको छ ।...

महिन्द्रा बन्यो भारतमा सबैभन्दा धेरै बिक्रि हुने इलेक्ट्रिक थ्री ह्विलर ब्रान्ड

महिन्द्रा बन्यो भारतमा सबैभन्दा धेरै बिक्रि हुने इलेक्ट्रिक थ्री ह्विलर ब्रान्ड

महिन्द्रा एण्ड महिन्द्राको सहायक कम्पनी महिन्द्रा लास्ट माइल मोबिलिटी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...