नेपाल भित्रियो होन्डाको बीएस६ डियो, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – नेपाली बजारमा बीएस६ इन्जिनयुक्त होन्डा डियो स्कुटर भित्रिएको छ । नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले सो स्कुटर सोरुमहरुमा डिस्प्ले गरेर बिक्रीका लागि उपलब्ध गराएको छ ।

नेपाली बजारमा समेत लोकप्रिय मानिएको होन्डा डियो बीएस६ भर्सनमा अझै परिस्कृत बनेको छ । यसमा इन्जिनका साथै अन्य फिचरमा समेत केही परिवर्तन गरिएको छ । स्पोर्टी डिजाइनमा उपलब्ध डियोमा आधुनिक प्रविधि प्रयोग गरिएको छ ।

बीएस६ डियोमा एफआई इन्जिन छ । यद्यपि यसको पावर र पर्फमेन्समा भने खासै परिवर्तन गरिएको छैन । यसमा ११० सीसीको सिंगल सिलिन्डर इन्जिन प्रयोग गरिएको छ, जसले ७.६८ एचपी पावर र ८.७९ एनएम टर्क जेनेरेट गर्छ ।

होन्डा डियो बीएस६ स्कुटरमा टेलिस्कोपिक फ्रन्ट सस्पेन्सनका साथै नयाँ सिग्नेचर ग्रिल, नयाँ टेलल्याम्प र फुल डिजिटल मिटर उपलब्ध छ । त्यसैगरी नयाँ सिग्नेचर एलईडी पोजिसन ल्याम्प, स्प्लिट ग्र्याबरेल, सार्पर लोगो र नयाँ बडी ग्राफिक्स दिइएको छ ।

स्कुटरमा इन्जिन स्टार्ट स्टप बटन, युनिक इन्टिग्रेटेड फङ्सन र बिम कन्ट्रोलर स्विच पनि उपलब्ध छ । कार्बन फाइबर प्रयोग गरिएकाले यसको लुक अझै आकर्षक देखिएको छ ।

स्ट्यान्डर्ड र डिस्क गरी दुई भेरिएन्टमा उपलब्ध सो स्कुटरको मूल्य क्रमशः २ लाख ३९ हजार ९ सय र २ लाख ६५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

यो भन्दा पहिले नेपाली बजारमा उपलब्ध होन्डा डियोको मूल्य क्रमशः २ लाख २ हजार ९ सय र २ लाख १६ हजार ९ सय रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

१४ हजार बढी मूल्य सहित दुई नयाँ कलरमा आयो सीएफमोटो १५० एनके नेपालमा

१४ हजार बढी मूल्य सहित दुई नयाँ कलरमा आयो सीएफमोटो १५० एनके नेपालमा

काठमाडौं – नेपाली बजारमा सीएफमोटो १५० एनके मोटरसाइकल दुई नयाँ कलर...

नेपाली बजारमा लन्च भयो बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १२५ ईएफआई

नेपाली बजारमा लन्च भयो बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १२५ ईएफआई

काठमाडौं – नेपाली बजारमा बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १२५ लन्च...

हंगेरीको कम्पनीले भारतमा ल्यायो बुलेट भन्दा महंगो ३०० सीसीका दुई स्कुटर, आउन सक्छ नेपाल

हंगेरीको कम्पनीले भारतमा ल्यायो बुलेट भन्दा महंगो ३०० सीसीका दुई स्कुटर, आउन सक्छ नेपाल

हंगेरीको दुई पाङ्ग्रे सवारी साधन निर्माता र बेनेली समूहको सहायक कम्पनी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...