५ लाख ४० हजारमै आयो यामाहा एक्सएसआर १५५, अटो शोमा अवलोकन गर्न पाइने
काठमाडौं–यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक...
सन् २०३० देखि भल्वो कम्पनीले इलेक्ट्रिक कार मात्र निर्माण गर्ने घोषणा गरेको छ । चीनको स्वामित्वमा रहेको भल्वो कार प्रिमियम कार निर्माता कम्पनीमा समावेश रहेको छ । कम्पनीले चाँडै नै पेट्रोल र डिजेल भेरिएन्टको कार बन्द गर्ने योजना बनाइरहेको छ ।
स्वीडेनको प्रमुख कार निर्माता कम्पनी भल्वोले २०२५ सम्ममा ५० प्रतिशत बजार हिस्सा इलेक्ट्रिक कारले ओगट्ने जानकारी दिएको छ । भल्वो कम्पनीले केही वर्षमा इलेक्ट्रिक कार लन्च गर्ने भएको छ । कम्पनीले सो कार अललाइनबाट मात्र बिक्री गर्नेछ ।
कम्पनीले हालै पहिलो मोडल सी४० फुल इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको थियो । सो इलेक्ट्रिक एसयूभीको ब्याट्रीको रेन्ज लगभग ४२० किलोमिटर हुनेछ । कम्पनीले नयाँ इलेक्ट्रिक मोडलको लागि वायरलेस अपग्रेड गर्नेछ ।
फोर्ड मोटरले पनि युरोपमा २०३० सम्ममा आफ्नो सबै कार इलेक्ट्रिक हुने जानकारी दिएको छ । जबकी टाटा मोटर्स समेत सम्मिलित भएको ब्रिटिश अटोमोबाइल कम्पनी ज्यागुअर ल्यान्डरोभरको सबै लक्जरी ब्रान्ड २०२५ सम्ममा इलेक्ट्रिक कार हुनेछ र २०३० सम्ममा सबै कार इलेक्ट्रिक मोडल लन्च गर्नेछ ।
२०२० नोभेम्बरमा जर्मनीको फक्सवागनको स्वामित्वमा रहेको लक्जरी कार निर्माता कम्पनी बेन्ट्लेले पनि सबै मोडल २०३० सम्ममा अल इलेक्ट्रिक हुने घोषणा गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...