रसुवामा बाढीको महाविपत्ति, ८ सयभन्दा बढी गाडी बगायो
काठमाडौं–काठमाडौँमा अटोमोबाइल व्यवसायको कुम्भ मेला ‘नाडा अटो शो २०२६’...
काठमाडौं– यसपटकको दशैंका मुख्य दिनहरुमा देशैभरी ठूला दुर्घटनाहरु नभएको तथा आपराधिक घटनामा समेत कमी आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कोभिड–१९ को महामारीका कारण सवारी साधनका साथै मानिसको आवागमन कम हुँदा आपराधिक घटना तथा दुर्घटना कम भएको हो ।
प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतका अनुसार यसपटकको दशैँको मुख्य पाँच दिनको विवरण हेर्दा ठूलो तथा गाह्रो अवस्था सिर्जना हुने घटना घटेका छैनन् ।
सम्भावित जोखिम क्षेत्र पहिचान गरी आवश्यक मात्रामा प्रहरी र कुकुर तथा ड्रोनसमेतको प्रयोग गरिएकाले पनि त्यस्ता घटना रोक्न सफल भएको उनको भनाइ छ ।
दशैंको मुख्य दिन कात्तिक ७ देखि ११ गतेसम्मको विवरण अनुसार यसपटक जबर्जस्ती करणीका ४ वटा घटना दर्ता भएको छ ।
त्यस्तै कर्तव्य ज्यानका ११, चोरीका १६ घटना दर्ता भएको छ ।
यो अवधिमा ३३४ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनाका कारण ४३ को मृत्यु भएको र ५१९ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसका आधारमा दशैंको समयमा सबै घटनाहरु न्युन रहेको प्रहरीले जनाएको हो ।
यो दर्शैमा काठमाडौं उपत्यकामा भने २९४ सवारी दुर्घटनामा ९ को मृत्यु भएको र २७८ जना घाइते भएको छ । अघिल्लो वर्ष ४०० भन्दा बढीको दुर्घटना भएको थियो । त्यसमा १० जनाको मृत्यु र ३१८ जना घाइते भएको थियो ।
अघिल्लो वर्षको दशैंमा घटस्थापनादेखि पूर्णिमासम्म चोरीका ६६ र करणी सम्बन्धीका ५० घटना भएको अभिलेख छ ।
उक्त अवधिमा ७०० सवारी दुर्घटनामा १११ को मृत्यु भएको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...