गाईजात्राका कारण बिहीबार र शुक्रबार काठमाडौँका यी सडकमा सवारीसाधन चलाउन नपाइने
काठमाडौँ – काठमाडौं महानगरपालिकाले बिहीबार र शुक्रबार काठमाडौँका...
काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा बढी किलोमिटर सडक कालोपत्रे गरेको छ।
एक वर्षको अवधिमा भएका कार्यसम्पादन एवम् उपलब्धिहरुबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री देवेन्द्र दाहालले लक्ष्य भन्दा बढी कालोपत्रे भएको तथ्यांक सार्वजनिक गरेका हुन् ।
गत आवमा मन्त्रालयले ९३० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य लिएको थियो। गत आवमा दुई किलोमिटर बढी कालोपत्रे अर्थात ९३२ किलोमिटर सम्पन्न भएको हो ।
हुलाकी राजमार्गको विभिन्न खण्डहरुमा कुल ७५ किमी सडक कालोपत्रे गर्ने लक्ष्य रहेकोमा ९२.५ किमी सडक कालोपत्रे भएको छ । यसैगरि कालीगण्डकी करिडोरको ५० किमी सडक कालोपत्रे गर्ने लक्ष्य रहेकोमा ७१ किमी कालोपत्रे भएको छ ।
मदन भण्डारी राजमार्गको विभिन्न खण्डमा समेत लक्ष्य भन्दा बढी कालोपत्रे सम्पन्न भएको छ । यस राजमार्गमा ३० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेकोमा ५०.५ किमी सडक कालोपत्रे भएको हो । यसैगरी सडक सुरक्षा अन्तर्गत समेत लक्ष्य भन्दा बढी काम भएको छ । सडक सुरक्षाका लागि २० किमी क्र्यास बेरियर लगाउने लक्ष्य रहेकोमा २८.२२ किमी क्र्यास बेरियर लगाइएको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै कर्णाली करिडोर अन्तर्गत समेत हिल्ला सिमकोट सडक खण्डमा २० किमी सडक ग्राभेल गर्ने लक्ष्य रहेकोमा लक्ष्य बमोजिम काम सम्पन्न भएको छ ।
गत वर्षमा हुम्ला जिल्ला समेत गरी सबै जिल्लाहरुमा राष्ट्रिय सडक सञ्जल पुर्याइएको छ ।
नागढुंगा सुरुङ मार्गको निर्माण कार्य पूरा भई सञ्चालन अवस्थामा पुगेको, सिद्धबाबा सुरुङमार्ग ब्रेकथ्रु भएको, ग्वार्को ओरभपास सञ्चालनमा ल्याइएको, त्रिदेशीय करिडोरको रुपमा रहेको किमाथांका सम्म ट्र्याक खुल्ला गरिएको, ६ वर्ष यताकै उच्च पुँजीगत खर्च भएको लगायतका विषय एक वर्षको उपलव्धिका रुपमा समेटिएका छन् ।
काठमाडौँ – काठमाडौं महानगरपालिकाले बिहीबार र शुक्रबार काठमाडौँका...
काठमाडौं – यातायात व्यवसायीले विभिन्न ७ बुँदे माग राख्दै आन्दोलनका...
काठमाडौं – लामोसमयपछि भएको वर्षाका कारण देशभरका राजमार्ग अवरुद्ध भएका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...