गत आर्थिक वर्षमा भित्रिए ९ हजार ५२ विद्युतीय सवारी, कुल सवारीको २ प्रतिशत

काठमाडौं – गत आर्थिक वर्ष २०७७/७८ मा नेपाली बजारमा २ सय ६१ युनिट कार, जिप र भ्यान भित्रिएका छन् । भन्सार विभागको तथ्यांक अनुसार यी सवारी साधन चीन, भारत, कोरिया र अमेरिकाबाट भित्रिएका हुन् ।

यो अवधिमा १०० किलोवाट सम्मका चीनबाट ७६, भारतबाट २५ र कोरियाबाट १९ वटा इलेक्ट्रिक कार भित्रिएका छन् । त्यसैगरी ५० देखि १०० किलोवाट सम्मका २५ कार भित्रिएका मध्ये चीनबाट १८ र कोरियाबाट ७ वटा छन् ।

त्यसैगरी १०० देखि १५० किलोवाट क्षमताका चीनबाट ३८ र अमेरिकाबाट १३ इलेक्ट्रिक कार भित्रिएका छन् । १५० देखि २०० किलोवाट क्षमताका चीनबाट ८ र कोरियाबाट ४५ कार, जिप, भ्यान भित्रिए ।

फोर ह्विलर्स विथ वान्ली इलेक्ट्रिक मोटर्स फर प्रोपल्सन भनेर चीनबाट १० र भारतबाट २ युनिट भित्रिएका छन् ।

यो भन्दा पहिले आर्थिक वर्ष २०७६/७७ मा कुल ४८१ विद्युतीय सवारी साधन भित्रिएका थिए ।

यसरी विद्युतीय सवारीसाधन भित्र्याउने कम्पनीमा निसान, टाटा, एमजी, महिन्द्रा र किया रहेका छन् । नेपाली बजारमा यी ब्रान्डका इलेक्ट्रिक चारपांग्रे सवारी साधनको बर्चस्व छ ।

गत आर्थिक वर्षमा समग्रमा ९ हजार ५२ वटा विद्युतीय सवारी साधन आयात भएका हुन् । जुन कुल आयात भएका सवारी साधनको दुई प्रतिशत हो । गत आवमा कुल चार लाख ७८ हजार ७२ वटा गाडी भित्रिएका थिए । विद्युतीय सवारीसाधनमा सबैभन्दा बढी तीन पाङ्ग्रे रहेका छन् ।

विभागका अनुसार गत आवमा ४ हजार ७९७ वटा तीन पांग्रे विद्युतीय सवारी साधन भित्रिएको तथ्याङ्कमा उल्लेख छ । दोस्रो नम्बरमा गत आवमा कुल २ हजार ३३३ वटा इलेक्ट्रिक बाइक र स्कुटर भित्रिएको उल्लेख छ । यसैगरी, सोही अवधिमा १६ सय ६१ वटा विद्युतीय सवारी साधन विमानस्थल तथा उद्योगहरूको प्रयोजनका लागि ल्याइएका छन् ।

सम्बन्धित समाचारहरू

घरमै इलेक्ट्रिक सवारी साधन चार्ज गर्दा ध्यान दिनुपर्ने कुराहरु, यी गल्तीले ठुलो क्षति हुन सक्छ

घरमै इलेक्ट्रिक सवारी साधन चार्ज गर्दा ध्यान दिनुपर्ने कुराहरु, यी गल्तीले ठुलो क्षति हुन सक्छ

धेरै प्रयोगकर्ताहरूले घरमै आफ्नो सवारी साधन चार्ज गर्ने गरेका छन् । तर...

उत्कृष्ट लक्जरी फिचरले भरिपूर्ण ७०० किमी रेन्ज दिने औडीको इलेक्ट्रिक कार आउँदै

उत्कृष्ट लक्जरी फिचरले भरिपूर्ण ७०० किमी रेन्ज दिने औडीको इलेक्ट्रिक कार आउँदै

लक्जरी कार निर्माता कम्पनी औडीले कन्सेप्ट इलेक्ट्रिक कार औडी ए६ एभेन्ट...

चार महिनामा ३ हजार २०३ युनिट ईभी भित्रिए, बाइक तथा स्कुटरको आयात २५ प्रतिशतले वृद्धि

चार महिनामा ३ हजार २०३ युनिट ईभी भित्रिए, बाइक तथा स्कुटरको आयात २५ प्रतिशतले वृद्धि

काठमाडौं–चालू आर्थिक वर्षको चार महिनाको अवधिमा ३ हजार २०३ युनिट विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...