सिंगल चार्जमा ५२२ किमी रेन्ज दिने बीवाईडी ई६ का यस्ता छन् फरक विशेषता
काठमाडौं – नेपाली बजारमा विभिन्न प्रकारका इलेक्ट्रिक कार भए पनि बीवाईडी...
काठमाडौं – गत आर्थिक वर्ष २०७७/७८ मा नेपाली बजारमा २ सय ६१ युनिट कार, जिप र भ्यान भित्रिएका छन् । भन्सार विभागको तथ्यांक अनुसार यी सवारी साधन चीन, भारत, कोरिया र अमेरिकाबाट भित्रिएका हुन् ।
यो अवधिमा १०० किलोवाट सम्मका चीनबाट ७६, भारतबाट २५ र कोरियाबाट १९ वटा इलेक्ट्रिक कार भित्रिएका छन् । त्यसैगरी ५० देखि १०० किलोवाट सम्मका २५ कार भित्रिएका मध्ये चीनबाट १८ र कोरियाबाट ७ वटा छन् ।
त्यसैगरी १०० देखि १५० किलोवाट क्षमताका चीनबाट ३८ र अमेरिकाबाट १३ इलेक्ट्रिक कार भित्रिएका छन् । १५० देखि २०० किलोवाट क्षमताका चीनबाट ८ र कोरियाबाट ४५ कार, जिप, भ्यान भित्रिए ।
फोर ह्विलर्स विथ वान्ली इलेक्ट्रिक मोटर्स फर प्रोपल्सन भनेर चीनबाट १० र भारतबाट २ युनिट भित्रिएका छन् ।
यो भन्दा पहिले आर्थिक वर्ष २०७६/७७ मा कुल ४८१ विद्युतीय सवारी साधन भित्रिएका थिए ।
यसरी विद्युतीय सवारीसाधन भित्र्याउने कम्पनीमा निसान, टाटा, एमजी, महिन्द्रा र किया रहेका छन् । नेपाली बजारमा यी ब्रान्डका इलेक्ट्रिक चारपांग्रे सवारी साधनको बर्चस्व छ ।
गत आर्थिक वर्षमा समग्रमा ९ हजार ५२ वटा विद्युतीय सवारी साधन आयात भएका हुन् । जुन कुल आयात भएका सवारी साधनको दुई प्रतिशत हो । गत आवमा कुल चार लाख ७८ हजार ७२ वटा गाडी भित्रिएका थिए । विद्युतीय सवारीसाधनमा सबैभन्दा बढी तीन पाङ्ग्रे रहेका छन् ।
विभागका अनुसार गत आवमा ४ हजार ७९७ वटा तीन पांग्रे विद्युतीय सवारी साधन भित्रिएको तथ्याङ्कमा उल्लेख छ । दोस्रो नम्बरमा गत आवमा कुल २ हजार ३३३ वटा इलेक्ट्रिक बाइक र स्कुटर भित्रिएको उल्लेख छ । यसैगरी, सोही अवधिमा १६ सय ६१ वटा विद्युतीय सवारी साधन विमानस्थल तथा उद्योगहरूको प्रयोजनका लागि ल्याइएका छन् ।
काठमाडौं – नेपाली बजारमा विभिन्न प्रकारका इलेक्ट्रिक कार भए पनि बीवाईडी...
साओमीले १३ सिरिजको फाइभजी स्मार्टफोनका साथै इलेक्ट्रिक स्कुटर ४ अल्ट्रा,...
नेपाली बजारमा हाल धेरै ब्रान्डका इलेक्ट्रिक कार भित्रिरहेका छन् । ती...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...