२० प्रतिशत डाउनपेमेन्टमै सिट्रोन सी३ को पेट्रोल भर्सन किन्न पाइने

काठमाडौं – सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले ८० प्रतिशतसम्म फाइनान्स सुबिधामा सिट्रोन सी३ को पेट्रोल भर्सन बिक्री गर्ने योजना ल्याएको छ ।

यो नयाँ स्किममा सी३ पेट्रोल कार खरिद गर्दा ग्राहकले २० प्रतिशत डाउनपेमेन्ट गरे पुग्ने जनाइएको छ । जसअनुसार ३६ लाख ५० हजार रुपैयाँ पर्ने यो कार किन्नका लागी ग्राहकले सुरुमा ७ लाख २० हजार रुपैयाँ भुक्तानी गरे पुग्छ । वाँकी रकमलाई भने सरल किस्तावन्दिमा भुक्तानी गर्न सकिनेछ ।

इलेक्ट्रिक कारको बर्चश्व बढ्दै गएको अटो बजारमा पछिल्लो समय पेट्रोलियम कारको बिक्री बढाउन बिभिन्न कम्पनीले आकर्षक स्किम ल्याएका छन् । सोही क्रममा सांग्रिला मोटर्सले पनि ईभीमा जस्तै २० प्रतिशत डाउनपेमेन्ट गरेर सी३ पेट्रोल भर्सन किन्न सकिने योजना ल्याएको हो ।

सिट्रोन सी३ मा १ हजार २०० सिसी क्षमताको पेट्रोल इन्जिन जडान गरिएको छ । उक्त इन्जिनले ८२ पीएस पावर र ११५ एनएम टर्क जेनेरेट गर्दछ भने इन्जिनलाई ५ स्पिड म्यानुअल ट्रान्समिसनसंग जोडिएको छ । फ्रन्ट ह्विल ड्राइभ सिस्टम भएको यो कारको टप स्पिड १४० किलोमिटर छ । यसले १ लिटर पेट्रलको खपतमा १९ किलोमिटर माइलेज दिने दावी गरिएको छ । साथै, सी३ को ग्राउन्ड क्लिरियन्स १८० एमएम छ ।

सिट्रोन सी३ मा १० इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ४ स्पिकर अडियो सिस्टम, एविएस, ईबीडी, डुअल एयरब्याग लागयत फिचर पाउन सकिन्छ । यूरो एनक्यापमा यसले सुरक्षाका लागी फोर स्टार रेटिङ पाएको छ ।

सम्बन्धित समाचारहरू

सिट्रोन सी३ एयरक्रस अपडेट सहित लन्च, डेलिभरी अक्टोबर ८ देखि सुरु हुने

सिट्रोन सी३ एयरक्रस अपडेट सहित लन्च, डेलिभरी अक्टोबर ८ देखि सुरु हुने

सिट्रोनले भारतीय बजारमा सी३ एयरक्रस अपडेट सहित लन्च गरेको छ । अपडेट गरिएको...

सिट्रोनले बसाल्ट एसयूभी लन्च गर्ने, नयाँ टिजर सार्वजनिक

सिट्रोनले बसाल्ट एसयूभी लन्च गर्ने, नयाँ टिजर सार्वजनिक

सिट्रोनले आफ्नो ५औं कार बसाल्ट कुपे एसयूभी भारतमा लन्च गर्ने भएको छ ।...

सांग्रिला मोटर्सले शुरु ग-यो सिट्रोन ई–सी३ को हस्तान्तरण

सांग्रिला मोटर्सले शुरु ग-यो सिट्रोन ई–सी३ को हस्तान्तरण

काठमाडौं – नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...