परिष्कृत फिचर्स र नयाँ लुक्ससहित आउँदै नामी बक्स, नाडा अटो शोमा भोली लन्च हुने
काठमाडौं–नेपाली बजारमा लोकप्रिय बन्दै गएको विद्युतीय सवारीसाधन ब्राण्ड...
बीवाईडीले थाइल्यान्ड प्लान्टको उद्घाटन गर्नुका साथै ८० लाख सवारी उत्पादनको माइलस्टोन समेत हासिल गरेको छ । वार्षिक रुपमा १ लाख ५० हजार सवारी उत्पादन गर्न सक्ने क्षमता भएको प्लान्ट निर्माण १६ महिनामै सम्पन्न गरेको बीवाईडीले त्यही प्लान्टबाट ८० लाखौं सवारी साधनको रुपमा बीवाईडी डल्फिन ईभी सार्वजनिक गरेको हो ।
सो अवसरमा थाइल्यान्डका उद्योग मन्त्री पिम्फात्रा वुइचाइकुल र बीवाईडीका अध्यक्ष वाङ चुआन्फु लगायतका अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।
सन् २००८ देखि सवारी उत्पादन थालेको बीवाईडीले सन् २०२१ को मे महिनामा १० लाख सवारी साधन उत्पादनको माइलस्टोन हासिल गरेको थियो । त्यसपछि तीन वर्षकै अवधिमा ८० लाख सवारी साधन उत्पादन गर्न सफल भएको छ ।
बीवाईडी अटोमोटिभ उद्योगमा सन् २००३ मा प्रवेश गरेको थियो र पहिलो न्यु इनर्जी भेइकल २००८ मा बिक्री गरेको थियो । अहिले भने यसले दर्जनौ मोडल बिक्री गर्दै आएको छ ।
बीवाईडीले सन् २०२१ मा १० लाख सवारी साधन उत्पादन गरेको थियो भने त्यसपछिको १८ महिनामै तीनगुणा पु¥याएको थियो । त्यसपछिको ९ महिनामा ५० लाख र फेरि ७ महिनामै ७० लाख उत्पादन पु¥याउन सफल भएको थियो । अहिले पनि लगभग तीन महिनाकै अवधिमा ८० लाख पु¥याएको छ ।
२०२१ को मे महिनामा १० लाख, २०२३ को अगस्टमा ५० लाख, २०२३ नोभेम्बरमा ६० लाख र २०२४ मार्चमा ७० लाख सवारी साधन उत्पादन भएको थियो ।
न्यु इनर्जी भेइकलमा ग्लोबल लिडर बन्दै गरेको बीवाईडीले अन्तर्राष्ट्रिय बजार समेत विस्तार गर्दै गएको छ । सन् २०२३ मा ३३७ प्रतिशत वृद्धि गर्दै बीवाईडीले २ लाख ४३ हजार गाडी निर्यात गरेको थियो । यो वर्षको दोस्रो त्रैमासिकमा पनि १६ लाख भन्दा बढी सवारी विश्वव्यापी रुपमा बिक्री गरी २८ गत वर्ष भन्दा २८ प्रतिशत बढी बिक्री गर्न सफल भएको छ । ती मध्ये २ लाख ३ हजार गाडी अन्तर्राष्ट्रिय बजारमा बिक्री भएका छन्, जुन गत वर्ष भन्दा १७३.८ प्रतिशत बढी हो ।
हाल बीवाईडीका न्यु इनर्जी भेइकल विश्वका ८८ देशमा बिक्री हुन्छन् । थाइल्यान्ड, ब्राजिल, हंगेरी र उज्वेकिस्तानमा बीवाईडीका प्यासेन्जर कार प्रोडक्सन बेस रहेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...