८ लेनको बन्ने भयो तीनकुने–एयरपोर्ट–तिलगंगा सडकखण्ड

काठमाडौं – चक्रपथ सडक अन्तर्गत तीनकुने–एयरपोर्ट–तिलगंगा सडकखण्ड समेत कोटेश्वर–कलंकी खण्ड जस्तै ८ लेनको बन्ने भएको छ । सडक डिभिजन कार्यालयले यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिरहेको काठमाडौं डिभिजनका प्रमुख कुबेर नेपालीले जानकारी दिएका छन् ।

२.४ किलोमिटर लामो सो सडकखण्डका लागि टेक स्टुडियो अफ इन्जिनियरिङले २०७७ फागुनदेखि डिजाइनको काम गरिरहेको छ ।

तीनकुने–एअरपोर्ट–तिलगंगा सडकखण्ड सहरी सडकको अवधारणा अनुरुप डिजाइन गरिएको छ र यो ८ लेनको हुनेछ । चार–चार लेनको बीचमा मेडियन हुनेछ । एउटा लेन ३.५ मिटरको हुनेछ । तीनदेखि साढे ३ मिटरको मेडियनमा कोटेश्वर–सूर्यविनायक र तीनकुने–माइतीघर खण्डको जस्तै बोट–विरुवा लगाइनेछ । सडकको दायाँबायाँ एक/एक सर्भिस लेन हुनेछ ।

सर्भिस लेन र मुख्य लेनकाबीचमा विद्युत्का तार, टेलिफोन, इन्टरनेट र केबल, ढल तथा खानेपानीलगायत युटिलिटिजका तार र पाइप अन्डरग्राउन्ड गर्ने ठाउँ छोडिनेछ ।

सो सडक खण्ड आगामी आर्थिक वर्षमा निर्माण शुरु गर्ने लक्ष्यका साथ काम भइरहेको बताइएको छ ।

साढे २७ किलोमिटर लामो चक्रपथको एउटा खण्ड नेपाल आफैले बनाउने रणनीतिअनुसार तीनकुने–एयरपोर्ट–तिलगंगा खण्डको डीपीआर तयार पारिएको हो । सन् १९७७ मा चीनकै सहयोगमा चक्रपथ निर्माण गरिएको थियो ।

यद्यपि विभिन्न निकायसँग समन्वय गर्ने कार्य चुनौतीपूर्ण रहेको र यसको लागि आवश्यक प्रक्रिया समेत अगाडि बढाइएको सडक डिभिजन कार्यालयको भनाइ छ ।

सम्बन्धित समाचारहरू

सिद्धबाबा सुरुङमार्ग निर्माणको काम आगामी फागुन अन्तिममा सुरु हुने

सिद्धबाबा सुरुङमार्ग निर्माणको काम आगामी फागुन अन्तिममा सुरु हुने

काठमाडौं – निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा...

मजदुरहरुको परिवारलाई निःशुल्क शिक्षा र राहत सामग्री प्रदान गर्दै इजी ट्याक्सी

मजदुरहरुको परिवारलाई निःशुल्क शिक्षा र राहत सामग्री प्रदान गर्दै इजी ट्याक्सी

काठमाडौं – राइड शेयरिङ्ग कम्पनी इजी ट्याक्सी नेपालले काठमाडौं उपत्यकामा...

सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाइदै, पोखराका ट्याक्सी व्यवसायीले ल्याए आफ्नै मोबाइल एप

सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाइदै, पोखराका ट्याक्सी व्यवसायीले ल्याए आफ्नै मोबाइल एप

पोखरा – राइड सेयरिङको विरोध गर्दै सडकमा उत्रिएका पोखराका ट्याक्सी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...