नेपालमा बेनेलीको पहिलो स्कुटर प्यानेरिया १२५ : यस्ता छन् ८ विशेषता

नेपाली बजारमा केटीएम इन्टरनेसनलले बेनेली ब्रान्डका मोटरसाइकल र स्कुटर बिक्री–वितरण गरिरहेको छ । कम्पनीले केही दिन पहिले मात्र नेपाली बजारमा बेनेलीको नयाँ स्कुटर प्यानेरिया १२५ भित्र्याएको हो । यसमा ईएफआई अर्थात इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सहितको इन्जिन छ ।

प्यानेरिया १२५ ईएफआई एड्भान्स्ड मोडर्न फिचरले भरिएको क्लासिक लुकमा उपलब्ध नियो–रेट्रो कम्बिनेसनको स्कुटर हो । बेनेलीको उक्त स्कुटरका विभिन्न विशेषताहरु यहाँ उल्लेख गरिएको छ ।

नियो रेट्रो ड्यासबोर्ड
यसमा डिजिटल डिस्प्ले र भर्चुअल ओडोमिटर भएको एनालग र डिजिटल दुवै प्रकारको नियो–रेट्रो ड्यासबोर्ड छ । यसमा ट्रिप मिटर, एमपीएच तथा केएमपीएच रिडिङ, फ्युल लेवल, टाइम, इन्जिन वार्निङ ल्याम्प आदि उपलब्ध छ ।

सस्पेन्सन र ब्रेकिङ
राइडरहरुको सुरक्षालाई ध्यानमा राखेर यसमा त्यसै अनुसारको सस्पेन्सन र ब्रेकिङको व्यवस्था गरिएको छ । ९० एमएम ट्राभल सहितको फ्रन्ट टेलिस्कोपिक फोर्क्स र ७२ एमएम ट्राभल सहितको रियर स्प्रिङ क्वाइल आयल ड्याम्पन्ड सस्पेन्सन रहेको छ । यसको अघिल्लो भागमा ड्युअल पिस्टन क्यालिपर सहितको १९० एमएम फ्रन्ट डिस्क ब्रेक र पछिल्लो भागमा १३० एमएमको ड्रम ब्रेक छ ।

ह्विल साइज
यसमा बेस्ट इन क्लास १२ इन्च आल्मुनियम ह्विल रहेको छ । जसमा १००÷९०–१२ र ११०÷९०–१२ ट्युबलेस टायर छ । यसमा भएको ह्विल र टायर कम्बिनेसनले रेट्रो स्टाइलमा थप स्लिक टच प्रदान गरेको छ । यसबाट नेपाली सडकको अवस्था अनुसार यसलाई सहज तरिकाले चलाउन सकिन्छ ।

इन्जिन र ट्रान्समिसन
यसमा ईएफआई अर्थात इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सहितको नोवल सिंगल सिलिन्डर एयरकुल्ड १२४ सीसीको फोर स्ट्रोक, एयरकुल्ड, सिंगल सिलिन्डर इन्जिन छ, जसले ७५०० आरपीएममा ८.५ पीएसको पावर र ६००० आरपीएममा ९.२ एनएम टर्क जेनेरेट गर्छ । यसबाट सबै स्थानमा आरामदायी तरिकाले यात्रा गर्न सहज हुन्छ ।

सिट र स्टोरेज
इटालियन रेट्रोको लुक र स्टाइललाई थप पहिचान दिनका लागि यसको सिटलाई कन्ट्रास्टिङ लेदर फिनिस दिइएको छ । यसमा १२ लिटरको अन्डरसिट स्टोरेज छ भने ४.६ लिटरको इन्धन ट्यांकी छ । यसले ४५ देखि ५० किलोमिटर सम्मको माइलेज दिने कम्पनीको दाबी छ ।

किल स्विच र हजार्ड लाइट
विभिन्न प्रकारको ट्राफिक कन्डिसनमा इन्जिन अफ गर्नका लागि यसमा किल स्विच उपलब्ध गराइएको छ भने इमर्जेन्सीको समयमा प्रयोग गर्नका लागि हजार्ड लाइट समेत उपलब्ध छ ।

कम्प्लिट एलईडी लाइट सेट
नेपाली बजारमा पुरै एलईडी लाइट सेट भएको यो पहिलो स्कुटर भएको कम्पनीले बताएको छ । डीआरएल, इन्डिकेटर, ब्रेक लाइट आदि सबै एलईडीयुक्त लाइट छ ।

कलर अप्सन र मूल्य
प्यानेरिया १२५ ईएफआई स्कुटर ह्वाइट, ब्ल्याक, ब्लु र येल्लो गरी विभिन्न चार कलरमा उपलब्ध छ भने यसको मूल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

बेनेलीका मोटरसाइकलमा ६० हजार सम्म छुट

बेनेलीका मोटरसाइकलमा ६० हजार सम्म छुट

काठमाडौं– नेपालका लागि बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम...

बेनेली प्यानेरिया स्कुटरमा ५० हजार छुट

बेनेली प्यानेरिया स्कुटरमा ५० हजार छुट

काठमाडौं – नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५ मा इटालियन ब्रान्ड...

यस्तो छ नेपाली बजारमा भित्रिएको बेनेली टीआरके २५१ एड्भेन्चर बाइक

यस्तो छ नेपाली बजारमा भित्रिएको बेनेली टीआरके २५१ एड्भेन्चर बाइक

बेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक केटिएम इन्टरनेसनल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...