नाडा अटो शो २०२४ मा ७७० बीवाईडी गाडी बुकिङ

नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिका अनुसार ६ दिनसम्म चलेको नाडा अटो शो २०२४ मा ७७० वटा बीवाईडी गाडी बुकिङ भएका छन् । बुकिङ भएका मध्ये २७३ वटा डल्फिन र ४९७ एट्टो ३ छन् ।

बुकिङ भएका गाडीहरु ग्राहकलाई छिट्टै हस्तान्तरण गरिने कम्पनीले जनाएको छ । आइतबार अटो शो सम्पन्न हुँदासम्म यो संख्यामा बीवाईडी बुकिङ भएको हो । बीवाईडीप्रति धेरै दर्शकको आकर्षण देखिएको र अटो शोमा अवलोकन गर्नेहरु धेरैले शोरुममा आएर बीवाईडी खरिद गर्ने प्रतिबद्धता समेत जनाएको बताइएको छ ।

नाडा अटो शो २०२४ मा बीवाईडीले नयाँ गाडी सिलायन ७ र नयाँ भर्सनको एट्टो ३ तथा डल्फिन लगायतका गाडी प्रदर्शन गरेको थियो । त्यसैगरी बीवाईडीको ब्लेड ब्याट्री र बीवाईडीको ईभीका लागि छुट्टै आफ्नै प्लेटफर्म ई–प्लेटफर्म ३।० समेत प्रदर्शन गरेको थियो ।

बीवाईडीले हालै उपलब्ध गराएको बीवाईडी एपको वारेमा समेत धेरैले चासो राखेको पाइएको थियो ।

सम्बन्धित समाचारहरू

चर्चित कलाकार हरिवंश आचार्य अब बीवाईडी एट्टो ३ मा

चर्चित कलाकार हरिवंश आचार्य अब बीवाईडी एट्टो ३ मा

चर्चित कलाकार हरिबंश आचार्यले बीवाईडी एट्टो ३ इलेक्ट्रिक कार किनेका छन् ।...

नीतिगत अस्थिरताको अर्को चरण : विद्युतीय सवारीको कर्जा मूल्याङ्कन अनुपात ६० प्रतिशत

नीतिगत अस्थिरताको अर्को चरण : विद्युतीय सवारीको कर्जा मूल्याङ्कन अनुपात ६० प्रतिशत

हालै सार्वजनिक गरिएको मौद्रिक नीतिले हाल नेपाली अटोमोबाइल क्षेत्रमा हलचल...

वुलिङ ईभी किन्दा सुनको हार र लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्दा हिराको औठी उपहार पाइने

वुलिङ ईभी किन्दा सुनको हार र लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्दा हिराको औठी उपहार पाइने

काठमाडौं – बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्स प्रालिले वुलिङ ईभी र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...