दशैंमा टाटाका ७५१ गाडी डेलिभरी भयो नेपालमा

यो दशैंमा टाटाको पन्च ईभी, टियागो ईभी, टिगोर ईभी, एक्प्रेस–टी र आईसीई गाडी गरेर ७५१ भन्दा बढी गाडी नेपाली बजारमा डेलिभरी भएको छ ।

काठमाडौं – नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले दशैंको अवसरमा टाटाका सबै मोडल गरी ७५१ गाडी डेलिभरी गरेको जानकारी दिएको छ ।

यस वर्षको नाडा अटो शोमा ४७५ बुकिङ लिएर सुरुवात गरेको टाटा पन्च ईभीको यो दशैंमा ३७७ युनिट डेलिभरी भएको छ । शुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरिएको टाटा पन्च ईभीमा कम्पनीले सोचेको भन्दा उत्साहजनक डेलिभरी भएको सिप्रदीका प्यासेन्जर भेइकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताए । सिजापतीका अनुसार सुरुवाती भेरिएन्टमा पनि ग्राहकहरुले सनरुफको आनन्द लिन मिल्ने र नेपालको बाटोमा सुहाउँदो गाडी भएकोले पन्च ईभीले नेपालमा राम्रो बजार लिइरहेको छ ।

टाटाको पन्च ईभीको साथै गत वर्षको नाडा अटो शोमा नै लन्च भएको टियागो ईभी बजेट सेग्मेन्टको सर्वाधिक बिक्री भएको मोडल हो । यो दशैंमा पनि टियागो ईभीको १५६ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ । विशेष गरी महिलाहरु र पहिलो गाडी लिन खोज्ने ग्राहकहरुको पहिलो रोजाईमा पर्न सफल भएको टियागो ईभीको पनि यो दशैंमा उत्साहजनक रुपमा डेलिभरी भएको छ । साथै टाटाको टिगोर ईभीको १० युनिट र आइस गाडीको ५२ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ ।

यो दशैंमा अर्को ईभी एक्प्रेस–टीको पनि राम्रो संख्यामा डेलिभरी भएको छ । एक्प्रेस–टीको १५६ युनिट डेलिभरी भएसँगै सिप्रदीले यो दशैंमा ७५१ टाटा कारहरु डेलिभर गरेको छ ।

यसको साथै दशैंको अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सिप्रदीले टाटा मोटर्सको लागि दशैंभरि सिप्रदीको फास्ट डिसी चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङको घोषणा गरेको छ । साथै टाटा मोटर्सले आफ्ना देशभरिको सर्भिस सेन्टरहरुबाट आकस्मिक सेवा प्रदान गर्ने जानकारी गराएको छ ।

बिदाको समयमा पनि टाटाका बागडोल र गोगंबु स्थित दुईवटा सर्भिस सेन्टरहरु खुल्ला हुनेछन । जसमा प्यासेन्जर तथा ट्याक्सीहरु सर्भिसिङ तथा चार्जिङको ब्यवस्था मिलाइएको छ भने अन्य सर्भिस सेन्टरहरु मार्फत ब्रेकडाउन सर्भिस प्रदान गरिनेछ । बाटोमा रोडसाइड सेवाका लागि हटलाइन टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ ।

सिप्रदीको नेपालभर १८५ भन्दा बढी चार्जिङ नेटवर्क र १६ भन्दा धेरै सर्भिस सेन्टरहरु रहेका छन् ।

सम्बन्धित समाचारहरू

टाटा मोटर्सले साउनमै ल्यायो दशैं अफर, पुराना गाडीसँग टियागो ईभी साट्न सकिने

टाटा मोटर्सले साउनमै ल्यायो दशैं अफर, पुराना गाडीसँग टियागो ईभी साट्न सकिने

नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले साउनमै दसैँ...

३४ महिनामै ४ लाख यूनिट टाटा पन्च बिक्री, ईभीको हिस्सा १४ प्रतिशत मात्रै

३४ महिनामै ४ लाख यूनिट टाटा पन्च बिक्री, ईभीको हिस्सा १४ प्रतिशत मात्रै

बिक्री सुरु भएको तीन वर्षभन्दा कम समयमै टाटा पन्च ४ लाख यूनिट बिक्री भएको छ...

२० प्रतिशत डाउनपेमेन्टमै टाटा ईभी किन्न पाइने,भोलिबाट प्रि–बजेट एक्सचेन्ज फेस्ट

२० प्रतिशत डाउनपेमेन्टमै टाटा ईभी किन्न पाइने,भोलिबाट प्रि–बजेट एक्सचेन्ज फेस्ट

काठमाडौं–टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्रि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...