७ महिनामा ७१ हजार युनिट मात्रै मोटरसाइकल/स्कुटर आयात, यो वर्ष १ लाख युनिट कट्न मुस्किल

लामो समयसम्मको आयात प्रतिबन्ध, बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजीको अभाव र अटोलोनमा उच्च ब्याजदरका कारण यो वर्ष मोटरसाइकल र स्कुटरको आयात निकै कम हुने देखिएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म जम्मा ७१ हजार २२५ युनिटमात्र मोटरसाइकल/स्कुटर आयात भएको तथ्यांकले यो वर्ष टु ह्विलरको बजार नराम्ररी प्रभावित वन्ने देखिएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा कुल १ लाख ८९ हजार ९२७ युनिट मोटरसाइकल/स्कुटर आयात भएकोमा यो वर्षको ७ महिनामा आयात ६३ प्रतिशत हाराहारीले घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

विभागका अनुसार माघ महिनासम्म ४८ हजार ७६८ युनिट १२५ सीसीसम्मका मोटरसाइकल भित्रिएका छन् । जसमध्ये ११ हजार ३०२ अनएसेम्वल्ड र ३७ हजार ४६६ युनिट एसेम्वल्ड अवस्थामा भित्रिएका हुन् । १२५ सीसी सम्ममा सवै मोटरसाइकल भारतबाट आयात भएका हुन् ।

त्यसैगरी १२५ देखि २०० सीसी सेग्मेन्टमा १९ हजार ५४४ युनिट मोटरसाइकल/स्कुटर आयात भएको छ । जसमध्ये भारतबाट १२ हजार २७१ युनिट र चीनवाट जम्मा ९६ युनिट अनएसेम्वल अबस्थामा भित्रिएका हुन् । सो अवधिमा भारतमा एसेम्वल भई ६ हजार ४३१ युनिट आयात भएको छ भने चीनबाट ६९० र ताइवानबाट ५६ युनिट बाइक एसेम्वल अवस्थामा नेपाल आएका हुन् ।

त्यस्तै, २०० देखि २५० सीसी सेग्मेन्टमा जम्मा १ हजार ९८१ युनिट बाइक आयात भएको छ । जसमा भारतबाट अनएसेम्वल अवस्थामा १ हजार ९२० युनिट आयात भएको छ भने भारतबाटै एसेम्वल भई आउने बाइकको संख्या १ र चीनबाट ६० युनिट आयात भएको छ ।

सोही अवधिमा २५० देखि ५०० सीसी सेग्मेन्टमा भारतबाट अनएसेम्वल अवस्थामा १३२ युनिट मोटरसाइकल आयात हुँदा २५० देखि ४०० सीसी सम्ममा ८०० युनिट एसेम्वल अवस्थामा आयात भएको छ ।

कोभिड महामारीको समयमा आर्थिक वर्ष २०७७/७८ मा कुल ३ लाख ३० हजार युनिट हाराहारी मोटरसाइकल÷स्कुटर आयात भएकोमा गत वर्ष घटेर २ लाख ५० हजार हाराहारीमा झरेको थियो । तर यो वर्ष बजारमा टु ह्विलरको मागमा कमी आइरहेका कारण १ लाख युनिट पनि कट्न हम्मेहम्मे पर्ने व्यावसायीहरुको भनाइ छ ।

सम्बन्धित समाचारहरू

बेनेलीको दसैं फिएस्टा अफर : तीन पटक सम्मको छुट अफर उपलब्ध हुने

बेनेलीको दसैं फिएस्टा अफर : तीन पटक सम्मको छुट अफर उपलब्ध हुने

काठमाडौं – नेपालका लागि बेनेली बाइकको आधिकारिक वितरक केटीएम इन्टरनेसनल...

बेनेलीका बाइक खरिदमा २५ हजार छुट, लक्की ड्रमा १ लाख पुरस्कार

बेनेलीका बाइक खरिदमा २५ हजार छुट, लक्की ड्रमा १ लाख पुरस्कार

काठमाडौं – बेनेलीको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेसनल...

निसान किक्स एसयूभी किन्दा ४ लाख ३० हजारको बेनेली बाइक पाइने

निसान किक्स एसयूभी किन्दा ४ लाख ३० हजारको बेनेली बाइक पाइने

काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसान...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...