८ वर्ष पछि पनि ७० प्रतिशत ब्याट्री लाइफ रहने दावी

काठमाडौं - बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले बीवाईडी गाडीमा प्रयोग भएका ब्याट्रीको लाइफ ८ वर्ष पछि पनि कमसेकम ७० प्रतिशत बाँकी रहने बताएका छन् ।

स्पार्क कार इभेन्टले शुक्रबार आयोजना गरेको ग्रिन मोबिलिटी फर टुरिजम प्रोस्पेरिटीमा श्रेष्ठले सो कुरा बताएका हुन् । उनले बीवाईडीले ब्याट्रीमा ८ वर्षको वारेन्टी दिएको र यसरी दिएको वारेन्टी अवधिमा पनि ब्याट्री लाइफ कमसेकम ७० प्रतिशत रहने बताए । उनले ब्याट्रीको आयु सामान्यतः २० वर्ष हुने र यो अवधिमा ब्याट्री टेक्नोलोजी धेरै अगाडि बढ्न सक्ने भएकाले यस सम्बन्धी चिन्ता लिनुपर्ने आवश्यकता नभएको बताए ।

श्रेष्ठले सन् २०१८ देखि हाल सम्मको अवधिमा ब्याट्रीको मूल्यमा करिव ३० प्रतिशत कमी आइसकेको बताउदै भविष्यमा यस सम्बन्धी प्रविधि यो भन्दा धेरै अगाडि बढिसक्ने बताए ।

सो अवसरमा वातवरणविद भूषण तुलाधरले सरकारले इलेक्ट्रिक सवारी साधनका लागि आवश्यक अटो लोनका लागि सरकारले सहजीकरण गरिदिनु पर्ने बताउदै लुम्बिनीमा लामो समय सम्म थन्किएका इलेक्ट्रिक बस चलाउन नसकेको दुखेसो गरे ।

कार्यक्रममा उपस्थित पर्यटन मन्त्री हितबहादुर तामाङले यस सम्बन्धी आवश्यक जानकारी लिएर ती बस चलाउनका लागि पहल गर्ने बताए ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा प्रभाव वढाउँदै चिनियाँ ब्रान्ड, के होला भविष्य

नेपाली बजारमा प्रभाव वढाउँदै चिनियाँ ब्रान्ड, के होला भविष्य

पछिल्लो समय नेपाली बजारमा चिनियाँ ब्रान्डका प्यासेन्जर कार भित्रिने क्रम...

ग्राहकले पाउन थाले सी१० एसयूभी

ग्राहकले पाउन थाले सी१० एसयूभी

काठमाडौं– साङ्ग्रिला मोटर्सले सी१० एसयूभी ग्राहकलाई दिन शुरु गरेको छ ।...

१० हजारमै लेभ्निङको इलेक्ट्रिक स्कुटर लिन सकिने, यस्तो छ योजना

१० हजारमै लेभ्निङको इलेक्ट्रिक स्कुटर लिन सकिने, यस्तो छ योजना

काठमाडौं – पेट्रोलियम पदार्थ महंगो बन्दै गइरहेको समयमा इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...