प्रिमियम र स्मार्ट ह्याचब्याक नामी ०१ को प्रतीक्षा नेपालमा, यस्ता छन् ६ फरक विशेषता
नेपाली बजारमा नामी ०१ इलेक्ट्रिक ह्याचब्याकको बिक्री प्रारम्भ गर्ने...
काठमाडौं - बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले बीवाईडी गाडीमा प्रयोग भएका ब्याट्रीको लाइफ ८ वर्ष पछि पनि कमसेकम ७० प्रतिशत बाँकी रहने बताएका छन् ।
स्पार्क कार इभेन्टले शुक्रबार आयोजना गरेको ग्रिन मोबिलिटी फर टुरिजम प्रोस्पेरिटीमा श्रेष्ठले सो कुरा बताएका हुन् । उनले बीवाईडीले ब्याट्रीमा ८ वर्षको वारेन्टी दिएको र यसरी दिएको वारेन्टी अवधिमा पनि ब्याट्री लाइफ कमसेकम ७० प्रतिशत रहने बताए । उनले ब्याट्रीको आयु सामान्यतः २० वर्ष हुने र यो अवधिमा ब्याट्री टेक्नोलोजी धेरै अगाडि बढ्न सक्ने भएकाले यस सम्बन्धी चिन्ता लिनुपर्ने आवश्यकता नभएको बताए ।
श्रेष्ठले सन् २०१८ देखि हाल सम्मको अवधिमा ब्याट्रीको मूल्यमा करिव ३० प्रतिशत कमी आइसकेको बताउदै भविष्यमा यस सम्बन्धी प्रविधि यो भन्दा धेरै अगाडि बढिसक्ने बताए ।
सो अवसरमा वातवरणविद भूषण तुलाधरले सरकारले इलेक्ट्रिक सवारी साधनका लागि आवश्यक अटो लोनका लागि सरकारले सहजीकरण गरिदिनु पर्ने बताउदै लुम्बिनीमा लामो समय सम्म थन्किएका इलेक्ट्रिक बस चलाउन नसकेको दुखेसो गरे ।
कार्यक्रममा उपस्थित पर्यटन मन्त्री हितबहादुर तामाङले यस सम्बन्धी आवश्यक जानकारी लिएर ती बस चलाउनका लागि पहल गर्ने बताए ।
नेपाली बजारमा नामी ०१ इलेक्ट्रिक ह्याचब्याकको बिक्री प्रारम्भ गर्ने...
काठमाडौं – मंसिर महिनामा नेपालमा ८९९ युनिट विद्युतीय कार, जिप र भ्यान आयात...
काठमाडौं – सीजी मोटर्सले नयाँ ईभी स्मार्ट #१ र स्मार्ट #३ नेपालमा लञ्च गर्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...