४९० किलोमिटर रेन्ज दिने नयाँ कोना आउँदै, फिचर र व्याट्रीको साइज पनि वढ्ने
हुन्डाइले आफ्नो पहिलो इलेक्ट्रिक क्रसओभर कोनामा ठूलो साइजको व्याट्री र...
काठमाडौं – नेपालमा इलेक्ट्रिक कार नेटा भीको बुकिङ लिने ग्राहकले अवको २ हप्तापछि गाडी हात पार्ने भएका छन् । औपचारिक लन्च भएको ३ हप्ता नवित्दै ६४ युनिट गाडी बुकिङ भएको र यसरी वुकिङ लिने ग्राहकलाई २ हप्तापछि डेलीभरी शुरु गरिने आधिकारिक वितरक सीजी मोटर्सका सीईओ एवं डाइरेक्टर हेमन्त अग्रवालले बताएका छन् ।
उनका अनुसार अवको २ हप्तापछि पहिलो लटमा ३० युनिट गाडी आउने र अर्को २ हप्तामा ५० युनिट गाडी नेपाल आइपुग्ने हुँदा ४ हप्तापछि हाल बुकिङ लिएका सवै ग्राहकले गाडी पाउनेछन् । वैंकमा डलरको अभाव कामयै रहेका कारण एकैपटकमा धेरै संख्या मगाउन नसकिएका कारण थोरै युनिट भएपनि निरन्तर आयात गरिरहने र ग्राहकलाई छिटोभन्दा छिटो गाडी डेलिभरी दिने उनको भनाइ छ ।
‘हामीले यो गाडीलाई कन्टेनरमा राखेर केरुङ नाका हुँदै नेपाल भित्र्याउने योजना बनाएका छौ । जसका कारण फ्याक्ट्रीबाट वोर्डरसम्म आइपुग्न ८ दिनको समय लाग्ने र वोर्डरबाट २ दिनमै शोरुमसम्म गाडी आइपुग्नेछ । जवकी जहाजबाट कोलकाता हुँदै नेपाल ल्याउँदा २ महिनासम्म लाग्ने अवस्था रहन्थ्यो । केरुङ नाकाबाट आयात गर्दा गाडी छिटो आइपुग्ने कारण पनि बुकिङ लिने ग्राहकले बढीमा ४ हप्ताभन्दा बढी समय कुर्नु पर्नेछैन’ उनले नेपाल अटोसँग भने ।
बजारमा अहिले कतिपय ब्रान्डका चल्तीका इलेक्ट्रिक कारले अभावको अवस्था झेल्नुपरे पनि नेटा भीमा यस्तो अवस्था नआउने उनको जिकिर छ । ‘विश्वको सबैभन्दा ठूलो ईभी उत्पादक राष्ट्रले उत्पादन गर्ने यो इलेक्ट्रिक कार अघिल्लो वर्षमात्र चीनमा १ लाख युनिट बिक्री भएको थियो । यो कार उत्पादन गर्ने होजोन मोटर्स चीनको ठूलो ईभी उत्पादक मध्येको एक भएका कारण यसको उत्पादन क्षमता समेत निकै ठूलो छ । त्यसमाथि संसारको सवैभन्दा ठूलो ब्याट्री सप्लायर सीएटीलको समेत यसमा लगानी भएको कारण अन्य ब्रान्डमा जस्तो ब्याट्री सप्लाईको समस्या यो ब्रान्डमा रहनेछैन । जसले गर्दा गाडीको उत्पादन र आपूर्ति निरन्तर सुचारु रहिरहनेछ’ उनले भने ।
नेपाली बजारमा यो कार जेठ २५ गते लन्च गरिएको थियो । नेपाल आउने चर्चा चलेसँगै यसको मूल्यका विषयमा सर्वाधिक चासो व्यक्त हँुदै आएको थियो । पछि कम्पनीले मूल्य सार्वजनिक गरेपछि सो मूल्य बढी भएको भन्दै सामाजिक संजालमा विरोध हुन थालेपछि कम्पनीले विज्ञप्ति जारी गर्दै सो विषयमा भ्रमित नहुन ग्राहकलाई आह्वान गरेको थियो । यो कारको मूल्य ३८ लाख रुपैयाँ निर्धारण गरिएको छ । जसमा १ लाख ४० हजार रुपैयाँ वरावरको अतिरिक्त सुविधा निःशुल्क गरिएको छ ।
हुन्डाइले आफ्नो पहिलो इलेक्ट्रिक क्रसओभर कोनामा ठूलो साइजको व्याट्री र...
नेपाली बजारमा औपचारिक रुपमा भित्रिने तयारीमा रहेको बीवाईडी एम६ मलेसियामा...
सार्वजनिक विद्युतीय बस वीरगञ्ज भन्सार परिसरमा रोकिएका छन् । गोरखापत्रका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...