दुई सातामा नेटा भीको डेलिभरी शुरु हुने, ६४ ग्राहकले लिए बुकिङ

काठमाडौं – नेपालमा इलेक्ट्रिक कार नेटा भीको बुकिङ लिने ग्राहकले अवको २ हप्तापछि गाडी हात पार्ने भएका छन् । औपचारिक लन्च भएको ३ हप्ता नवित्दै ६४ युनिट गाडी बुकिङ भएको र यसरी वुकिङ लिने ग्राहकलाई २ हप्तापछि डेलीभरी शुरु गरिने आधिकारिक वितरक सीजी मोटर्सका सीईओ एवं डाइरेक्टर हेमन्त अग्रवालले बताएका छन् ।

उनका अनुसार अवको २ हप्तापछि पहिलो लटमा ३० युनिट गाडी आउने र अर्को २ हप्तामा ५० युनिट गाडी नेपाल आइपुग्ने हुँदा ४ हप्तापछि हाल बुकिङ लिएका सवै ग्राहकले गाडी पाउनेछन् । वैंकमा डलरको अभाव कामयै रहेका कारण एकैपटकमा धेरै संख्या मगाउन नसकिएका कारण थोरै युनिट भएपनि निरन्तर आयात गरिरहने र ग्राहकलाई छिटोभन्दा छिटो गाडी डेलिभरी दिने उनको भनाइ छ ।

‘हामीले यो गाडीलाई कन्टेनरमा राखेर केरुङ नाका हुँदै नेपाल भित्र्याउने योजना बनाएका छौ । जसका कारण फ्याक्ट्रीबाट वोर्डरसम्म आइपुग्न ८ दिनको समय लाग्ने र वोर्डरबाट २ दिनमै शोरुमसम्म गाडी आइपुग्नेछ । जवकी जहाजबाट कोलकाता हुँदै नेपाल ल्याउँदा २ महिनासम्म लाग्ने अवस्था रहन्थ्यो । केरुङ नाकाबाट आयात गर्दा गाडी छिटो आइपुग्ने कारण पनि बुकिङ लिने ग्राहकले बढीमा ४ हप्ताभन्दा बढी समय कुर्नु पर्नेछैन’ उनले नेपाल अटोसँग भने ।

बजारमा अहिले कतिपय ब्रान्डका चल्तीका इलेक्ट्रिक कारले अभावको अवस्था झेल्नुपरे पनि नेटा भीमा यस्तो अवस्था नआउने उनको जिकिर छ । ‘विश्वको सबैभन्दा ठूलो ईभी उत्पादक राष्ट्रले उत्पादन गर्ने यो इलेक्ट्रिक कार अघिल्लो वर्षमात्र चीनमा १ लाख युनिट बिक्री भएको थियो । यो कार उत्पादन गर्ने होजोन मोटर्स चीनको ठूलो ईभी उत्पादक मध्येको एक भएका कारण यसको उत्पादन क्षमता समेत निकै ठूलो छ । त्यसमाथि संसारको सवैभन्दा ठूलो ब्याट्री सप्लायर सीएटीलको समेत यसमा लगानी भएको कारण अन्य ब्रान्डमा जस्तो ब्याट्री सप्लाईको समस्या यो ब्रान्डमा रहनेछैन । जसले गर्दा गाडीको उत्पादन र आपूर्ति निरन्तर सुचारु रहिरहनेछ’ उनले भने ।

नेपाली बजारमा यो कार जेठ २५ गते लन्च गरिएको थियो । नेपाल आउने चर्चा चलेसँगै यसको मूल्यका विषयमा सर्वाधिक चासो व्यक्त हँुदै आएको थियो । पछि कम्पनीले मूल्य सार्वजनिक गरेपछि सो मूल्य बढी भएको भन्दै सामाजिक संजालमा विरोध हुन थालेपछि कम्पनीले विज्ञप्ति जारी गर्दै सो विषयमा भ्रमित नहुन ग्राहकलाई आह्वान गरेको थियो । यो कारको मूल्य ३८ लाख रुपैयाँ निर्धारण गरिएको छ । जसमा १ लाख ४० हजार रुपैयाँ वरावरको अतिरिक्त सुविधा निःशुल्क गरिएको छ ।

सम्बन्धित समाचारहरू

सांघाई अटो शोमा सार्वजनिक भयो नियो फायरफ्लाई, नेपाल सहित १६ देशमा उपलब्ध हुने घोषणा

सांघाई अटो शोमा सार्वजनिक भयो नियो फायरफ्लाई, नेपाल सहित १६ देशमा उपलब्ध हुने घोषणा

चीनमा चलिरहेको सांघाई अटो शोमा नियोको इन्ट्री लेवल ब्रान्ड फायरफ्लाईको...

धेरै टाढा छैन विद्युतीय ट्याक्सी प्रयोग गर्न र कार भाडामा लिन पाइने दिन

धेरै टाढा छैन विद्युतीय ट्याक्सी प्रयोग गर्न र कार भाडामा लिन पाइने दिन

वाग्मती प्रदेश र विशेष गरी काठमाडौं उपत्यकामा विद्युतीय ट्याक्सीका साथै...

यी हुन् इलेक्ट्रिक गाडीका लागि विश्वका धेरै चार्जिङ स्टेशन भएका १० सहर, लण्डन पहिलो नम्बरमा

यी हुन् इलेक्ट्रिक गाडीका लागि विश्वका धेरै चार्जिङ स्टेशन भएका १० सहर, लण्डन पहिलो नम्बरमा

इलेक्ट्रिक गाडी चलाउनका लागि चार्जिङ स्टेशनको आवश्यकता पर्छ । यही कुरालाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...