७ महिनामै भित्रिए ६ हजार बढी ईभी

काठमाडौं - नेपालमा इलेक्ट्रिक भेइकल (ईभी)को प्रयोग पछिल्लोसमय तीव्र गतिमा बढिरहेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले प्रत्येक महिना ईभी गाडीको आयात उच्च संख्यामा भइरहेको देखाएको हो ।

विभागले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि माघसम्ममा विभिन्न ब्रान्डका ६ हजार २५६ वटा इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएर आएको बताएको छ । केही वर्ष यता बजारमा आईसीई भन्दा ईभीको माग बढिरहेको हुँदा आयात पनि उल्लेखिय वृद्धि भएको व्यवसायीहरू बताउँदै आएका छन् ।

विभागका अनुसार ५० किलोवाट क्षमताका ईभी २१ सय ५९, ५१ देखि १०० किलोवाट क्षमताका ३४ सय ९१ र १०१ देखि २०० किलोवाट क्षमताका ५९३ वटा गाडीको आयात भएको बताएको छ ।

यस्तै, २०१ देखि ३०० किलोवाटसम्मको ११ र ३०० किलोवाट माथिको दुई वटा गाडी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

भन्सार विभागका अनुसार १४ अर्ब ७५ करोड ३ लाख ९७ हजार रुपैयाँ मूल्य बराबरको उक्त गाडीको आयात भएको हो । ति गाडी आयात हुँदा ९ अर्ब ८ करोड ४२ लाख ५४ हजार रुपैयाँ राजश्व संकलन भएकाे छ ।

नेपालमा ईभी गाडीलाई सरकारले प्राथमिकता दिनुका साथै आवश्यक पूर्वाधार निर्माण गर्नाले ईभीको प्रयोग बढ्दै गएको छ । सडक ईभीमय बन्दै जाँदा ईभीको आयात अझै वृद्धि हुने व्यवसायीहरूले बताउँदै आएका छन् ।

कुन देशबाट कति भयो आयात ?

नेपालमा ईभी गाडीको उत्पादन नहुने हुँदा विभिन्न देशबाट यस्ता गाडी आयात हुँदै आएको छ । विभागका अनुसार हाल ईभी गाडीको आयात सबैभन्दा बढी भारत र चीनबाट हुन्छ ।

यो सात महिनामा ५० किलोवाट क्षमता भएका ईभी चीनबाट १२ सय ६८ र भारतबाट ८९१ वटा भित्रिएका छन् । यस्ता, ५१ किलोवाटदेखि १०० किलोवाट क्षमता भएका गाडी चीनबाट २९ सय २२, भारतबाट ५ सय ६८ र कोरियाबाट एक वटा आयात भएको विभागको तथ्यांकले देखाएको हो ।

यसैगरी १०१ देखि २०० किलोवाट क्षमता भएका चीनबाट ५ सय ७०, जर्मनीबाट १७, कोरियाबाट २ र अमेरिकाबाट ४ वटा गाडी भित्रिएका छन् । विभागले २०१ देखि ३०० किलोवाट क्षमता भएका चीनबाट ७ र जर्मनीबाट ३ वटा गाडीको आयात गरेर बिक्रेता कम्पनीहरूले ल्याएको बताएको छ ।

यसका साथै २०१ देखि ३०० किलोवाटको अमेरिकाबाट १ र ३०० भन्दा माथिको २ वटा ईभी गाडी चीनबाट आयात भएर आएको विभागले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

लिप मोटर सी१० नेपाल सहित एसिया प्यासिफिक बजारमा उपलब्ध हुने, दशैं पछि डेलिभरी योजना

लिप मोटर सी१० नेपाल सहित एसिया प्यासिफिक बजारमा उपलब्ध हुने, दशैं पछि डेलिभरी योजना

काठमाडौं – लिप मोटर इन्टरनेसनलले इलेक्ट्रिक एसयूभी सी१० को पहिलो ब्याच...

चैत महिना सम्म ईभी आयातमा १० प्रतिशत कमी, पेट्रोलियम पदार्थबाट चल्ने कारको आयातमा छलाङ

चैत महिना सम्म ईभी आयातमा १० प्रतिशत कमी, पेट्रोलियम पदार्थबाट चल्ने कारको आयातमा छलाङ

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अर्थात चैत...

निशानले भोली इलेक्ट्रिक स्पोर्ट कारको कन्सेप्ट सार्वजनिक गर्दै

निशानले भोली इलेक्ट्रिक स्पोर्ट कारको कन्सेप्ट सार्वजनिक गर्दै

जापनिज अटो निर्माता निशानले भोली इलेक्ट्रिक स्पोर्ट कारको कन्सेप्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...