एउटै बाइकमा ६० हजार र अन्यमा समेत घटेको मूल्यका कारण चर्चामा बेनेली

काठमाडौं – बजेट पश्चात विभिन्न कम्पनीका बाइकहरुको मूल्य घट्ने क्रम चलिरहेको छ । केही दिन पहिले यो क्रमलाई बेनेलीले समेत निरन्तरता दियो ।

बेनेलीको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङले गत साता विभिन्न मोडलका बाइक र स्कुटरको मूल्य समायोजन गर्दै नयाँ मूल्य सार्वजनिक गरेको थियो ।

यी मध्ये बेनेलीको टीआरके २५१ मोडलको बाइकमा एकै पटक ६० हजार रुपैयाँले कमी गरिएको छ । नयाँ बजेट, नयाँ मूल्य भनेर बेनेलीले नयाँ मूल्य सूची सार्वजनिक गरेको थियो ।

यो बाइकको मूल्य पहिले ८ लाख २४ हजार ९ सय भएकोमा अब ७ लाख ६४ हजार ९ सय पुगेको छ ।

त्यसैगरी १८० एस र १८० एस नियोन दुवैको मूल्यमा २५ हजार रुपैयाँ कमी गरिएको छ । यी बाइकको मूल्य अब क्रमशः ४ लाख २९ हजार ९ सय र ४ लाख ३९ हजार ९ सय रुपैयाँ भएको छ ।

नेपाली बजारमा उपलब्ध बेनेलीको स्कुटर पेनेरिया १२५ को मूल्यमा समेत ३५ हजार रुपैयाँ कमी गरिएको छ । अब सो स्कुटरको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ भएको छ ।

बेनेलीका यी बाइक र स्कुटर फाइनान्स तथा एक्सचेन्ज सुविधाहरुमा समेत उपलब्ध हुने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

बेनेली प्यानेरिया स्कुटरमा ५० हजार छुट

बेनेली प्यानेरिया स्कुटरमा ५० हजार छुट

काठमाडौं – नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५ मा इटालियन ब्रान्ड...

७ महिनामा ७१ हजार युनिट मात्रै मोटरसाइकल/स्कुटर आयात, यो वर्ष १ लाख युनिट कट्न मुस्किल

७ महिनामा ७१ हजार युनिट मात्रै मोटरसाइकल/स्कुटर आयात, यो वर्ष १ लाख युनिट कट्न मुस्किल

लामो समयसम्मको आयात प्रतिबन्ध, बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य...

यी हुन् नेपाली बजारमा धेरैले रुचाउने ३ लाख हाराहारी मूल्यमा उपलब्ध १२५ सीसी स्कुटर

यी हुन् नेपाली बजारमा धेरैले रुचाउने ३ लाख हाराहारी मूल्यमा उपलब्ध १२५ सीसी स्कुटर

नेपाली बजारमा बिक्री हुने स्कुटर मध्ये १२५ सीसी सेगमेन्टका स्कुटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...