७४ दिनमै नेपालका सडकमा ५७८ निसान म्याग्नाइट

काठमाडौं – नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले हालसम्म ५ सय ७८ वटा निसान म्याग्नाइट ग्राहकलाई हस्तान्तरण गरिसकेको बताएको छ । गत फेब्रुअरी २२, २०२१ मा निसान म्याग्नाइट सार्वजनिक गरिएसंगै ७४ दिनभित्र ५ सय ७८ वटा निसान म्याग्नाइट बिक्री गरिएको हो । त्यसैगरी १ हजार भन्दा धेरै बुकिङ भइसकेको पायोनियर मोटोकर्पले जनाएको छ ।

यो पायोनियर मोटोकर्पका लागि एक कोशेढुंगा साबित भएको छ । छोटो समयावधिमा नै यो ‘बिग, बोल्ड, ब्युटिफुल’ एसयूभीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको छ ।

यस्तो छ निसान म्याग्नाइट
दुई इन्जिन अप्सनमा उपलब्ध सो एसयूभी विभिन्न ११ भेरिएन्टमा उपलब्ध छ । १.० लिटर नेचुरल्ली एस्पायर्ड इन्जिनमा ६ भेरिएन्ट र टर्बो इन्जिनमा ५ भेरिएन्ट उपलब्ध छ । पहिलो १.० लिटर थ्री सिलिन्डर नेचुरल्ली एस्पिरेटेड इन्जिनले ७२ एचपी पावर र ९६ एनएम टर्क तथा अर्को टर्बो पेट्रोल इन्जिनले १०० एचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ ।

यसको सुरुवाती भेरिएन्ट एक्सईको मूल्य २९ लाख ४९ हजार रुपैयाँ निर्धारण गरेको छ भने सबैभन्दा टप भेरिएन्ट टर्बो इन्जिन सहितको एक्सभी प्रिमियम ड्युअल टोनको मूल्य ४२ लाख ७९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सबैभन्दा माथिल्लो भेरिएन्टमा एलईडी डीआरएलसहितको बाई–प्रोजेक्टर हेडल्याम्प, १६ इन्चको डायमन्ड कट अलोय ह्विल, इलेक्ट्रिकल्ली एड्जस्टेबल र फोल्डेबल विङ मिरर, रुफरेलका साथै फ्रन्ट र रियर फक्स स्किड प्लेट लगायतका विभिन्न इक्विपमेन्ट उपलब्ध छन् ।

त्यसैगरी यसमा ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जसमा सेगमेन्ट फर्स्ट वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी छ । इन्स्ट्रयुमेन्ट क्लस्टरका लागि ७.० इन्च टीएफटी डिस्प्ले छ ।

यी वाहेक भ्वाइस रिकग्निसन टेक्नोलोजी, पुस बटन स्टार्ट, क्रुज कन्ट्रोल, ३६० डिग्री अराउन्ड भ्यु क्यामेरा, टायर प्रेसर मोनिटर र इन्टेरियरमा सबै ब्ल्याक थिम रहेको छ ।

सम्बन्धित समाचारहरू

निसान र होन्डा मर्जरको अन्तिम तयारीमा, तेस्रो ठूलो अटो उत्पादक बन्ने

निसान र होन्डा मर्जरको अन्तिम तयारीमा, तेस्रो ठूलो अटो उत्पादक बन्ने

जापानका दुई ठूला अटो ब्रान्ड निशान र होन्डा मर्जरको तयारीमा छन् । विशेषगरी...

थापाथलीमा खुल्यो सिट्रोनको सोरुम, १ करोड ३५ लाख मूल्यको सी५ एयरक्रसको खुल्यो बुकिङ

थापाथलीमा खुल्यो सिट्रोनको सोरुम, १ करोड ३५ लाख मूल्यको सी५ एयरक्रसको खुल्यो बुकिङ

काठमाडौं – फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनको सोरुम काठमाडौंको...

निसान म्याग्नाइट र रेनो काइगर सहित ४ कारलाई ४–स्टार सेफ्टी रेटिङ

निसान म्याग्नाइट र रेनो काइगर सहित ४ कारलाई ४–स्टार सेफ्टी रेटिङ

ग्लोबल एनसीएपीले निसान म्याग्नाइट र रेनो काइगर कम्प्याक्ट एसयूभीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...