लन्च हुने अन्तिम तयारीमा हुन्डाईको नयाँ आयोनिक भी, आकर्षक मूल्यमै ६५० किमीसम्म रेन्ज
काठमाडौं–हुन्डाईले चिनियाँ बजारमा आफ्नो आयोनिक ब्रान्डको पहिलो मोडल...
अल्ट्राभायोलेट अटोमोटिभले आफ्नो टेसेरेक्ट इलेक्ट्रिक स्कूटरको लागि अत्यधिक अर्डर प्राप्त गरेको छ । ईभी निर्माताले बुकिङ खुलाएको २ हप्तामा सो नयाँ स्कूटरका लागि ५० हजार भन्दा बढी अर्डर पाएको हो ।
मार्च ५, २०२५ मा लन्च गरिएको अल्ट्राभायोलेट टेसेरेक्ट एक फ्यूचरिष्टिक इलेक्ट्रिक स्कूटर हो । २०.१ बिएचपी इलेक्ट्रिक मोटरद्वारा संचालित सो नयाँ स्कुटरले २.९ सेकेन्डमा ०–६० किमी/घण्टाको गतिमा स्प्रिन्ट गर्न सक्षम बनाउँछ । स्कुटरलाई ३.५ किलोवाट आवर, ५ किलोवाट आवर र ६ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा प्रस्ताव गरिउको छ । जसले २६० किमी सम्मको अधिकतम रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
स्कुटरमा सेगमेन्ट–फस्र्ट फिचरका रुपमा डुअल रडार तथा अगाडी र पछाडी क्यामेर उपलब्ध गराइएको छ । जसले, ब्लाइन्ड स्पट डिटेकसन, कोलिजन अलर्ट र ओभरटेक अलर्टको लागि मद्धत गर्दछ ।
सेफ्टि फिचर अन्तर्गत यसमा ट्रयाक्सन कन्ट्रोल, डायनमिक स्ट्याविलिटी कन्ट्रोृल, हिल होल्ड, दुबै चक्कामा डिस्क ब्रेक र डुअल च्यानल एबिएस समावेश गरिएको छ ।
ई–स्कूटरमा भायोलेट एआई कनेक्टिभिटी र नेभिगेसनको साथ ठूलो टचस्क्रिन इन्स्ट्रुमेन्ट कन्सोल राखिएको छ । साथै यसमा क्रूज कन्ट्रोल र पार्क असिस्ट सुविधा पनि दिइएको छ । यसको मूल्य १ लाख २० हजार भारु निर्धारण गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...