बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
भारतमा गत डिसेम्बर २ मा लन्च भएको निसानको नयाँ एसयूभी म्याग्नाइटले राम्रो शुरुवात गरेको छ । सो एसयूभी ५ दिनको अवधिमा ५ हजार बुकिङ भएको छ भने विभिन्न स्रोतबाट ५० हजार इन्क्वायरी भएको छ ।
निसान म्याग्नाइटको शुरुवाती भेरिएन्टको मूल्य ४ लाख ९९ हजार भारु तोकिएको छ । तर पनि ६० प्रतिशत बुकिङ भने यसको माथिल्लो दुई भेरिएन्टमा भएको बताइएको छ । फेस्टिभ सिजन सकिएको अवस्थामा धेरैको चासो गाडी किन्नेमा नहुने अवस्थामा पनि यसरी राम्रो प्रतिक्रिया पाउनु निसानका लागि एक सुखद संकेत भएको बताइएको छ ।
यसरी बुकिङ गर्ने मध्ये ४० प्रतिशत ग्राहकले डिजिटल च्यानल प्रयोग गरेका छन् भने ६० प्रतिशतले मात्र सोरुम नै पुगेर बुकिङ गरेका छन् ।
निसानले सो एसयूभी एक्सई, एक्सएल, एक्सभी, एक्सभी प्रिमियम भेरिएन्टमा उपलब्ध गराएको छ । सबैभन्दा माथिल्लो भेरिएन्टमा एलईडी डीआरएलसहितको बाई–प्रोजेक्टर हेडल्याम्प, १६ इन्चको डायमन्ड कट अलोय ह्विल, इलेक्ट्रिकल्ली एड्जस्टेबल र फोल्डेबल विङ मिरर, रुफरेलका साथै फ्रन्ट र रियर फक्स स्किड प्लेट लगायतका विभिन्न इक्विपमेन्ट उपलब्ध छन् ।
त्यसैगरी यसमा ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जसमा सेगमेन्ट फर्स्ट वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी छ । इन्स्ट्रयुमेन्ट क्लस्टरका लागि ७.० इनच टीएफटी डिस्प्ले छ । यी वाहेक भ्वाइस रिकग्निसन टेक्नोलोजी, पुस बटन स्टार्ट, क्रुज कन्ट्रोल, ३६० डिग्री अराउन्ड भ्यु क्यामेरा, टायर प्रेसर मोनिटर र इन्टेरियरमा सबै ब्ल्याक थिम रहेको छ ।
निसान म्याग्नाइट दुई इन्जिन अप्सनमा उपलब्ध छ । पहिलो १.० लिटर थ्री सिलिन्डर नेचुरल्ली एस्पिरेटेड इन्जिनले ७२ एचपी पावर र ९८ एनएम टर्क तथा अर्को टर्बो पेट्रोल इन्जिनले १०० एचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ ।
टाटा नेक्सन, किया सोनेट, हुन्डाई भेन्यु, फोर्ड इकोस्पोर्ट र रेनो डस्टर जस्ता अन्य सब–कम्प्याक्ट एसयूभीलाई टक्कर दिने अनुमान गरिएको सो एसयूभी निकै नै प्रतिस्पर्धि हुने अनुमान गरिएको छ ।
निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले २०२१ को प्रारम्भमै सो एसयूभी नेपाली बजारमा आइसक्ने बताइसकेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...