एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी, आरएसए भेइकलको रुपमा ७ वर्ष पुरानो बीवाईडी ई६ सार्वजनिक

काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै ५० युनिट अत्याधुनिक प्रविधिका बीवाईडी ईभी डेलिभरी गरेको छ । शनिबार काठमाडौंको गुहेश्वरीमा अवस्थित र हालै पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरमा सो ऐतिहासिक इभेन्ट सम्पन्न भएको हो ।

उत्साह र प्रतीक्षाले भरिएको सो इभेन्टमा उत्सुक ग्राहकहरुलाई बीवाईडी एट्टो ३ र बीवाईडी डल्फिन ईभी डेलिभरी गरियो । अटोमोटिभ उद्योगमा भएको नवप्रवर्तन र प्रगतिशिलतालाई उत्साहपूर्वक मनाउनका लागि उच्चतम मापदण्डहरुमा पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरले एउटा उपयुक्त स्थलको रुपमा कार्य गरेको बताइएको छ ।

सो अवसरमा रोड साइड असिस्टेन्स (आरएसए) भेइकलको रुपमा बीवाईडी ई६ समेत सार्वजनिक गरियो, जुन पहिलो पटक २०१७ मा भित्रिएको थियो । बीवाईडी ईभी प्रयोगकर्ताहरुका लागि आवश्यक सपोर्ट र सर्भिस प्रदान गर्ने सन्दर्भमा साइमेक्सको अडिग प्रतिबद्धतालाई यसले प्रमाणित गरेको छ । निर्वाध र रमाइलो ड्राइभिङ अनुभवलाई सुनिश्चित गर्न तथा ग्राहक सन्तुष्टि र सुरक्षाका लागि समेत यसले महत्वपूर्ण भूमिका खेल्ने छ ।

‘सर्भिस सेन्टरबाट ५० बीवाईडी गाडी डेलिभरी गरेर र ७ वर्ष पुरानो बीवाईडी गाडीलाई डेडिकेटेड आरएसए भेइकलको रुपमा परिचित गराएर साइमेक्स इंकले यो क्षेत्रमा नयाँ आयाम थपेको छ । साइमेक्स इंक ग्राहक सेवालाई थप मूल्यवान बनाउनमा अडिग रुपमा प्रतिबद्ध छ भन्ने तथ्यलाई यसले पुनःपुष्टि गरेको छ,’ साइमेक्स इंकका सर्भिस हेड सुशिल तण्डुकारले भने, ‘अत्याधुनिक ईभी प्रविधि र दिगो मोबिलिटी सोलुसनको पहुँच ग्राहकमाझ पुयाउने हाम्रो अडिग प्रतिबद्धतालाई यसले दर्शाउछ । आरएसए भेइकलको परिचयसँगै बीवाईडी ग्राहकहरुलाई देशभर व्यापक सपोर्ट र सर्भिस प्रदान गर्ने कम्पनीको समग्र दृष्टिकोणलाई यसले अझै बलियो बनाएको छ । यससँगै नेपालमा यातायातको भविष्य निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेल्न पाएकोमा हामी गौरवान्वित छौ ।’

बीवाईडी डल्फिन र बीवाईडी एट्टो ३ एड्भान्स्ड फिचर, सुपेरियर पर्फमेन्स र अत्याधुनिक प्रविधिका लागि लोकप्रिय छन् र ग्राहकलाई अद्वितीय ड्राइभिङ अनुभव प्रदान गर्न तथा वातावरण संरक्षण गर्नमा महत्वपूर्ण भूमिका खेल्न सक्षम छन् । यी गाडी इनर्जी एफिसियन्ट समेत छन् । इलेक्ट्रिक मोबिलिटी सोलुसन उपलब्ध गराई यसको प्रयोग बढाउन भूमिका खेलेर साइमेक्स इंकले नेपाललाई अझै सफा र हरियाली बनाउने लक्ष्य लिएको बताएको छ ।

सफलतापूर्वक एकै दिनमा ५० बीवाईडी ईभी डेलिभरी गरेर साइमेक्स इंकले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ र आफूलाई नेपालमा दिगो यातायात समाधान गर्ने कार्यमा एक लिडरको रुपमा उभ्याएको छ । यस प्रकारका नवप्रवर्तन र ग्राहक केन्द्रीत अभियानमार्फत साइमेक्स इंक आगामी दिनमा समेत देशमा सकारात्मक परिवर्तन ल्याउन र मोबिलिटीको भविष्य निर्माण गर्न सधै प्रतिबद्ध रहने बताएको छ ।

सम्बन्धित समाचारहरू

२०२२ मोडलका याडिया इलेक्ट्रिक स्कुटर नेपालमा, १५ हजार नगद छुट र ६ एसेसरिज निःशुल्क

२०२२ मोडलका याडिया इलेक्ट्रिक स्कुटर नेपालमा, १५ हजार नगद छुट र ६ एसेसरिज निःशुल्क

काठमाडौं – नेपाली बजारमा याडियाका २०२२ मोडलका इलेक्ट्रिक स्कुटर...

यी इलेक्ट्रिक कारलाई छोएको छैन बजेटले, पुरानै मूल्यमा खरिद गर्न सकिने

यी इलेक्ट्रिक कारलाई छोएको छैन बजेटले, पुरानै मूल्यमा खरिद गर्न सकिने

सरकारले बजेटमा १ सय किलोवाट क्षमतासम्मको मोटर जडित इलेक्ट्रिक कारमा...

नाडामा १२७ बीएडब्लु ब्रम्बी ईभी बुकिङ

नाडामा १२७ बीएडब्लु ब्रम्बी ईभी बुकिङ

आइतबार सम्पन्न नाडा अटो शो २०२४ मा १२९ युनिट बीएडब्लु ब्रम्बी ईभी बुकिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...