सन् २०३० देखि कुल कारको ५० प्रतिशत हिस्सा इलेक्ट्रिक भेइकलको पुग्ने महिन्द्राको प्रक्षेपण

भारतीय अटोमोबाइल ब्रान्ड महिन्द्राले सन् २०३० देखि भारतीय बजारमा बिक्री हुने महिन्द्राको कुल बजारमा ५० प्रतिशत हिस्सा इलेक्ट्रिक भेइकलले लिने प्रक्षेपण गरेको छ । इलेक्ट्रिक भेइकलको बढ्दो विश्वब्यापी प्रभावका कारण भारतमा समेत यस्ता गाडीको माग बढ्दै गएको उसको भनाइ छ ।

सोही कारण आफूहरुको ध्यान ईभी केन्द्रित हुँदै गएको महिन्द्रा एन्ड महिन्द्रा ग्रुपका सीईओ अनिश शाहले बताए । महिन्द्राले अहिले केयूभी १०० र एक्सयूभी ३०० लाई ईभी भर्सनमा उतार्ने तयारी गरिरहेको र हालसालै सार्वजनिक गरिएको अर्को प्रिमियम एसयूभी एक्सयूभी ७०० मा आधारित ईभीको प्रोटोटाइप समेत तयार गरिसकेको उनको भनाइ छ ।

अर्को भारतीय अटोमोबाइल ब्रान्ड टाटाले एकपछि अर्को नयाँ नयाँ मोडलका इलेक्ट्रिक कार सार्वजनिक गर्दै लगेपछि अहिले महिन्द्रालाई नयाँ ईभी उतार्न थप दबाव समेत परेको छ । जसका कारण उसले निकट भबिष्यमै केयूभी १०० र एक्सयूभी ३०० को इलेक्ट्रिक भर्सनलाई बजारमा उतार्न गैरहेको हो । जसमध्ये केयूभी १०० अबको केही महिनाभित्रै सार्वजनिक गर्ने कम्पनीको तयारी छ ।

यो कारमा महिन्द्राले १५.९ किलोवाट आवरको ब्याट्री प्याक जडान गरेको छ भने यसमा जडान गरिने ४० किलोवाटको सिंगल इलेक्ट्रिक मोटरले ५४ पीएस पावर दिने दाबी गरिएको छ । अन्य दुई मोडल एक्सयूभी ३०० र एक्सयूभी ७०० मा आधारित इलेक्ट्रिक एसयूभीका बारेमा भने कम्पनीले खासै जानकारी सार्वजनिक गरेको छैन ।

टाटा र महिन्द्रासँगै कोरियन अटो निर्माता हुन्डाई र कियालले समेत भारतीय बजार लक्षित कम बजेटको इलेक्ट्रिक कार ल्याउने यसअघि नै उद्घोष गरिसकेका छन् ।

सम्बन्धित समाचारहरू

फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न

फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न

पोखराको पहिलो केबलकार निर्माण सम्पन्न भएको छ । फेवाताल र सराङकोटलाई...

ह्याकरले टाढैबाट खोले टेस्ला कारको ढोका, पाए ३१,५०० डलर

ह्याकरले टाढैबाट खोले टेस्ला कारको ढोका, पाए ३१,५०० डलर

साइबर अनुसन्धानकर्मी राफल फिलिप र बेनेडिक्ट स्मोजलले टेस्लाको ‘मोडल...

पहिलो हाई-भोल्टेज इलेक्ट्रिक बाइक लन्च, फुल चार्जमा २०० किमी रेन्ज दिने, ईभी चार्जर प्रयोग गर्न सकिने

पहिलो हाई-भोल्टेज इलेक्ट्रिक बाइक लन्च, फुल चार्जमा २०० किमी रेन्ज दिने, ईभी चार्जर प्रयोग गर्न सकिने

इलेक्ट्रिक सवारी साधन स्टार्टअप र्‍याप्टी डट एचभीले भारतमा आफ्नो पहिलो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...