जावाका बीएस६ मोडल मोटरसाइकलमा ५ वर्ष सम्म निःशुल्क सर्भिसिङ उपलब्ध हुने

काठमाडौं - नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिअन्तर्गत जावा मोटरसाइकलले अब फोर्टी–टू जावा र पेराकको बीएस–सिक्स मोडलमा ५ वर्षसम्म फ्री सर्भिसिङ सुविधा दिने भएको छ ।

ग्राहकले काठमाडौं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ, बाग्लुङ र धनगढीका विभिन्न शाखा र डिलरबाट जावा बाइकमा फ्री सर्भिसिङको सुविधा लिन सक्नेछन् । कम्पनीले ग्राहकलाई नेपालका विभिन्न स्थानमा रहेका सोरुममार्फत पाइने फ्री लेबर चार्ज सुविधा उपलब्ध गराउँदै आएको छ ।

नेपाली बजारमा उपलब्ध जावा र जावा ४२ दुवैमा २९३ सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर डीओएचसी इन्जिनको प्रयोग गरिएको छ । दुवै बाइकमा अब क्रस पोर्ट टेक्नोलोजी पनि समावेश गरिएको छ, जसले इन्जिनको भोल्युमेट्रिक दक्षतालाई उत्कृष्ट चार्ज र निकास ग्याँस प्रवाहको लागि सहज बनाउनुका साथै कार्यक्षमता वृद्धि गर्ने र टर्क उत्पादन गर्ने गर्दछ ।

सम्बन्धित समाचारहरू

जावा ३५० अब नयाँ ब्लु कलरमा, यस्ता छन् महत्वपूर्ण अपडेट

जावा ३५० अब नयाँ ब्लु कलरमा, यस्ता छन् महत्वपूर्ण अपडेट

जावा ३५० बाइक हालै केही महत्वपूर्ण अपडेटका साथ सार्वजनिक गरिएको थियो । अब...

महिन्द्राका एक्सयूभी ७०० र एक्सयूभी ३०० अब इटहरीमा पनि

महिन्द्राका एक्सयूभी ७०० र एक्सयूभी ३०० अब इटहरीमा पनि

काठमाडौँ – सुनसरीको इटहरीमा महिन्द्रा एण्ड महिन्द्राको आफ्नो...

अग्नि ग्रुपद्वारा डडेल्धुरामा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम स्थापना

अग्नि ग्रुपद्वारा डडेल्धुरामा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम स्थापना

काठमाडौं – अग्नि ग्रुपले हालै नेपालको प्रदेश नं ७ अन्तर्गत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...