४८० किमी रेन्ज दिने स्कोडाको नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक

स्कोडाले फ्रेस अल–इलेक्ट्रिक एसयूभी ‘इलरोक’ सार्वजनिक गरेको छ । सो एसयूभीले अन्तर्राष्ट्रिय बजारमा हाल उपलब्ध क्यारोक एसयूभीलाई प्रतिस्थापन गर्ने बताइएको छ । स्कोडाले सन् २०२६ सम्म चार भन्दा बढी ईभी ल्याउने बताएको छ र इलरोक त्यसै मध्येको दोस्रो ईभी हो ।

आधुनिक र सोलिड डिजाइन ल्यांग्वेज भएको स्कोडा इलरोक पहिलो एसयूभी हुनेछ । यसमा भएको रग्ड फ्रन्ट इन्डलाई टेक डेक नाम दिइएको छ । त्यसैगरी यसमा ठूलो स्किड प्लेटका साथै विभिन्न आकर्षक प्रोफाइल रहेको छ ।

स्कोडाको पहिले देखि नै चर्चामा रहेको इन्याक ईभीसँग यसको धेरै पार्ट्स साझेदार हुनेछ । स्कोडा इलरोकमा ७७ किलोवाट आवरको ब्याट्री हुने अनुमान गरिएको छ, जसले ४८० किलोमिटरको रेन्ज दिने अनुमान गरिएको छ । त्यसैगरी यसमा एमईबी प्लेटफर्म हुनेछ ।

स्कोडाले आगामी दिनमा अन्य धेरै ईभी बजारमा ल्याउने बताएको छ ।

सम्बन्धित समाचारहरू

मूल्य घटेर आयो स्मार्ट–१ को २०२४ मोडल, यस्तो छ नेपाल आउने तयारीमा रहेको नयाँ एसयूभी

मूल्य घटेर आयो स्मार्ट–१ को २०२४ मोडल, यस्तो छ नेपाल आउने तयारीमा रहेको नयाँ एसयूभी

काठमाडौं– सीजी मोटर्सले नेपाल ल्याउने तयारी गरेको स्मार्ट–१ को २०२४ मोडल...

म्याग्नाइट र कुशाकको सफलता, जसले अनिश्चित बनिसकेको ब्रान्डलाई बनायो स्थापित

म्याग्नाइट र कुशाकको सफलता, जसले अनिश्चित बनिसकेको ब्रान्डलाई बनायो स्थापित

नेपाली अटोबजारमा अहिले २ दर्जन बढी ब्रान्डका सवारीसाधन आयात भैरहेका छन् ।...

विश्वकै एड्भान्स्ड भेइकल फ्यासिलिटीबाट उत्पादन भएको जिकर ००१ ईभी सार्वजनिक ग-यो गिलीले

विश्वकै एड्भान्स्ड भेइकल फ्यासिलिटीबाट उत्पादन भएको जिकर ००१ ईभी सार्वजनिक ग-यो गिलीले

चीनको प्रसिद्ध अटोमोबाइल निर्माता कम्पनी गिली (जिली) को नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...