चोरी भएका ४६७ दुई पांग्रे सवारी खोजी गरी प्रहरीद्वारा सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं – काठमाडौ उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका २२ दुई पाङग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १२ वटा स्कुटर र १० वटा मोटरसाइकल सम्बन्धित धनीलाई आज हस्तान्तरण गरे ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाको हात्तीसार, बौद्ध, जम्बुडाँडा, सुकेधारा, गोकर्णेश्वर, कपन, मुड्खु, स्वयम्भु, इमाडोल, लुभु, गठ्ठाघर र बालकोट लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको बताएको छ ।

आज बुझाइएका २२ वटा सहित ४ सय ६७ वटा सवारी साधन गत साउन महिनादेखि हालसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका ४४ वटा दुई पांग्रे सवारी साधन सहित चोरीमा संलग्न ६६ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । सवारी साधन जिम्मा लिए पश्चात सवारी धनीहरुले खुसी व्यक्त गर्दै सामुहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।

आर्थिक वर्ष २०७९/०८० मा ४९९ वटा, ०८०/०८१ मा ४१७ वटा र ०८१/०८२ को आज सम्ममा ४ सय ६७ वटा दुई पांग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको बताएको छ ।

सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरु जडान गर्न साथै मानिसहरूको आवत–जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक दिपक गिरीले अनुरोध समेत गरेका छन् ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

सम्बन्धित समाचारहरू

सरकारद्वारा नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक, कुनै पनि सवारी दर्ता नहुने

सरकारद्वारा नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक, कुनै पनि सवारी दर्ता नहुने

काठमाडौं – यातायात व्यवस्था विभागले बिहीबार सात वटै प्रदेशका सम्बन्धित...

नाडाद्वारा ट्राफिक जनचेतनामूलक सामग्री हस्तान्तरण

नाडाद्वारा ट्राफिक जनचेतनामूलक सामग्री हस्तान्तरण

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ...

बीस महिनापछि नेपाल–भारत मैत्री बस सञ्चालन

बीस महिनापछि नेपाल–भारत मैत्री बस सञ्चालन

काठमाडौं- महेन्द्रनगरबाट सञ्चालन हुँदै आएका नेपाल–भारत मैत्री बस बीस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...