बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न सो साधारण सभामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङले अटोमोबाइल व्यवसाय देशको मेरुदण्डको रुपमा रहेको र यसबाट राष्ट्र निर्माणमा धेरै योगदान पुगेको बताए ।
मन्त्री नेम्बाङले अटोमोबाइल व्यवसायीहरूले सवारी साधनको खरिद बिक्रीमात्रै नगरेर नेपालमै सवारी साधन उत्पादन गर्नेतर्फ समेत लाग्नुपर्ने बताए । उनले आगामी दिनमा विद्युतीय सवारीलाई समेत प्राथमिकतामा राखिने बताए । उनले देशमा सडक पूर्वाधारको विकास तीव्र गतिमा भइरहेको बताउँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी आगामी दिनमा विकासको रफ्तार थप बढ्दै जाने बताए ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले समृद्धि ल्याउनका लागि अटोमोबाइल क्षेत्रले धेरै सहयोग गर्ने बताउँदै अटोमोबाइल क्षेत्रलाई अनुत्पादक र जाम बढाउने क्षेत्रको रुपमा हेर्ने संकुचित धारणमा परिवर्तन ल्याउनु पर्ने बताए ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले भन्सार महसुल र अन्तःशुल्कमा लगाइएको करलाई ५० प्रतिशत घटाउनु पर्ने बताए । राज्यलाई सबैभन्दा बढी कर तिर्ने र रोजगारी प्रदान गर्ने क्षेत्र नै अटोमोबाइल क्षेत्र भए पनि अटोमोबाइल व्यवसायलाई दिनु पर्ने सहुलियतको वारेमा सरकारले थप ध्यान दिनु पर्ने उनले बताए ।
सो अवसरमा चार जना ट्राफिक प्रहरीलाई सम्मान गर्नुका साथै नाडा ट्रेड डाइरेक्ट्री पनि विमोचन गरिएको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...