चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीले चोरिएका ४१७ दुईपांग्रे सवारी साधन बुझायो धनीलाई

हराएका तथा चोरी भएका २१ दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रहरी उपरीक्षक विश्‍वराज खड्काले १३ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरे । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा सिंहदरबार, कपन, रामहिटी गौशाला, नयाँ बसपार्क, बालाजु, टोखा, मालिगाउँ, रानीवन, गौरीघाट, बौद्ध, बुद्धनगर, कालिमाटी, मैतिदेवी र चुनदेवी लगायतका विभिन्न स्थानबाट हराएका सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका २१ सहित ४१७ वटा सवारी साधन चालु आर्थिक वर्षको हाल सम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रुपमा नेपाल भित्रिएका १७ वटा सवारी साधनलाई भने भन्सार कार्यालयमा बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्‍ठ उपरीक्षक जीवन कुमार श्रेष्‍ठले जानकारी दिए ।

चालु आर्थिक वर्षको हाल सम्म चोरीका ३२ वटा २ पांग्रे सवारी साधन सहित संलग्न ४१ जना व्यक्तिलाई पनि कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

सम्बन्धित समाचारहरू

रसुवागढी–केरुङ नाका आजबाट सञ्चालनमा आउने

रसुवागढी–केरुङ नाका आजबाट सञ्चालनमा आउने

कोरोना संक्रमण फैलिएसँगै बन्द रहेको रसुवागढी–केरुङ नाका बिहीबारदेखि...

ट्याक्सीमा मिटर प्रणाली लागू भएरै छाड्ने गण्डकी प्रदेश यातायात व्यवस्था मन्त्रीको भनाइ

ट्याक्सीमा मिटर प्रणाली लागू भएरै छाड्ने गण्डकी प्रदेश यातायात व्यवस्था मन्त्रीको भनाइ

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री...

३ हजार ११६ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा

३ हजार ११६ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...