दुर्घटनामा ज्यान गुमाएका गिरीको परिवारलाई बिमावापत करिव ४१ लाख र अन्य सुविधा

रोल्पा – मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका रोल्पा न.पा.३ खुमेलका दुर्गा बहादुर गिरीको परिवारलाई रिलायन्स लाइफ इन्स्योरेन्सले बिमा दाबी भुक्तानी गरेको छ ।

आज एक कार्यक्रमका बीच रिलायन्स लाइफ इन्स्योरेन्सका एरिया मेनेजर रुद्र प्रसाद अधिकारी, घोराही शाखा प्रमुख तिलक पाण्डे र रोल्पा न.पा.३ नं वडा अध्यक्ष इन्द्र बहादुर थापाले सयुक्त रुपमा गिरीको श्रीमती यशोदा गिरीलाई चेक हस्तान्तरण गरेका हुन् ।

रिलायन्स लाइफ इन्स्योरेन्सले मृतक दुर्गा बहादुर गिरीको श्रीमती यशोदा गिरीलाई २० लाख बिमाङ्क रकमको दुर्घटना बिमा बापत ४० लाख ९८ हजार र छोरा तेन्जिङ बावु गिरीलाई ५ लाख ५ हजारको चेक हस्तान्तरण गरेको हो । बिमा कम्पनीले मृतकको श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी उक्त रकम प्रदान गरेको जनाएको छ ।

मृतक गिरीको छोरालाई मासिक ५ हजारका दरले १२ वर्ष सम्म पढाई खर्च दिने र वच्चाको बिमा प्रिमियम कम्पनीले भुक्तानी गर्ने तथा बिमा समयावधि १५ बर्षमा बिमाङ्क रकम र आर्जित बोनस प्रदान गर्ने रिलायन्स लाइफका एरिया मेनेजेर रुद्र प्रसाद अधिकारीले बताए । साथै उनले कम्पनीले तोकेको समय अगावै रकम फछ्यौट गरेर बिमा प्रति आम नागरिकको विश्वास बढाएको जिकिर गरे ।

बिमाको बारेमा रिलायन्स लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी मेनेजर बालाराम खड्का, एजेन्सी मेनेजर महेन्द्र राज रोका, प्रेस सेन्टर नेपाल लुम्विनी प्रदेश सदस्य ज्ञानेन्द्र शर्मा, नेपाल लाइफ इन्स्योरेन्सका एजेन्सी मेनेजर कुल बहादुर थापा र रिलायन्स लाइफ इन्स्योरेन्स रोल्पा शाखा प्रमुख मोतिलाल गिरीले प्रष्ट्याएका थिए । सयौको सहभागितामा भएको कार्यक्रमका सहभागीले दावी भुक्तानी रिलायन्स लाईफको खुलेरै प्रशंशा गरेका थिए ।

प्राथमिक विद्यालयका स्थायी शिक्षक समेत रहेका गिरीले मंसिर २४ मा खुमेलस्थित गोठमारे भन्ने स्थान नजिकै राति करिव ९ः३० बजे मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका थिए ।

सम्बन्धित समाचारहरू

जेनजी आन्दोलनपछि स्थगित हाँडीगाउँको ‘कार फ्रि डे’ पुनः संचालनमा, व्यापारीहरु उत्साहित

जेनजी आन्दोलनपछि स्थगित हाँडीगाउँको ‘कार फ्रि डे’ पुनः संचालनमा, व्यापारीहरु उत्साहित

काठमाडौं – काठमाडौं महानगरपालिका वडा–५ हाँडीगाउँमा सवारीसाधनलाई...

ट्राफिक व्यवस्थापनमा खटिए निर्वाचन प्रहरी

ट्राफिक व्यवस्थापनमा खटिए निर्वाचन प्रहरी

काठमाडौँ–निर्वाचन नजिकिँदै जाँदा काठमाडौँ उपत्यकामा सवारी चाप बढ्दै...

२०६५/०६६ देखि दर्ता नभएका सवारी साधनलाई फागुन मसान्त सम्म करमा जरिवाना छुट हुने

२०६५/०६६ देखि दर्ता नभएका सवारी साधनलाई फागुन मसान्त सम्म करमा जरिवाना छुट हुने

काठमाडौं – आर्थिक वर्ष २०६५/०६६ देखि नै कर दाखिला र नवीकरण नगरेका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...