कहिलेदेखि चल्छ केयूले ल्याएको हाइड्रोजन कार ?
काठमाडौं– धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट...
काठमाडौं - सरकारले विद्युतीय गाडीको भन्सार ४० प्रतिशतमा झारेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत १० प्रतिशतदेखि ४० प्रतिशतसम्म भन्सार दर कायम गरेका हुन् ।
यस अघि अन्तशुल्क पनि लगाइएको थियो । तर, अहिले अन्तशुल्क पूर्ण रुपमा खारेज गरिएको छ भने भन्सार पनि भारी मात्रामा कटौति गरिएको छ ।
आर्थिक अध्यादेशले १०० किलोवाट क्षमतासम्मका विद्युतीय कार, जीप, भ्यानमा १० प्रतिशत, १०० किलोवाटभन्दा माथि २०० किलोवाट सम्मका साधनमा १५, २०० देखि ३०० किलोवाट क्षमताको मोटर भएकामा ३० र ३०० किलोवाट भन्दा माथिका साधनमा ४० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेको छ ।
यसअघि ५० किलोवाट क्षमतासम्मका विद्युतीय सवारीमा ३० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको थियो । त्यसलाई घटाएर ८० प्रतिशत छुट दिने निर्णय थियो । ५१ देखि १ सय किलोवाट क्षमताका सवारीसाधनमा ४० प्रतिशत अन्तःशुल्क लाग्नेमा ७५ प्रतिशत छुट दिने निर्णय थियो ।
त्यसैगरी १ सय १ देखि १ सय ५० किलोवाटसम्म क्षमताका विद्युतीय सवारीसाधनमा ५० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था भएकोमा ७० प्रतिशत छुट दिने निर्णय भएको थियो । १ सय ५१ किलोवाटभन्दा बढी क्षमताका सवारीसाधनमा ६० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क लाग्नेमा २५ प्रतिशत छुट दिने निर्णय भएको थियो ।
काठमाडौं– धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट...
काठमाडौं – नेपाल विद्युत प्राधिकरणले काठमाडौं स्थित प्राधिकरण परिसरमा...
प्यानासोनिकले सन् २०२३ सम्ममा टेस्लाका लागि नयाँ लिथियम–आयोन ब्याट्री...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...