चार्जिङ स्टेशन विस्तार गर्दै हुन्डाई, पुग्यो ४० चार्जिङ स्टेशन

काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले इलेक्ट्रिक गाडीका लागि देशभर चार्जिङ स्टेशन विस्ता गर्ने कार्यलाई निरन्तरता दिइरहेको बताएको छ । कम्पनीले नेपाली इलेक्ट्रिक सवारी बजारलाई प्रोत्साहन गर्नका लागि विभिन्न स्थानमा चार्जिङ स्टेशन निर्माण गरिरहेको र हाल यसको संख्या ४० पुगेको बताएको छ ।

नेपाली बजारमा हुन्डाईका इलेक्ट्रिक कार बढ्दै गएका छन् । सो सन्दर्भमा ईभी पूर्वाधारमा समेत लगानी गर्नुपर्ने अवस्थालाई मध्यनजर गरी कम्पनीले विभिन्न स्थानमा यस्ता स्टेशन निर्माण गर्ने र लामो दुरीको यात्रालाई समेत सहज बनाउने उद्देश्य लिएको छ । यसबाट ग्राहकले आफ्नो ईभी अनुभवलाई समेत निखार्ने मौका प्राप्त गर्ने कम्पनीले विश्वास गरेको बताएको छ ।

देशभर विभिन्न स्थानमा इन्धन भर्नका लागि पेट्रोल पम्पहरु भए पनि चार्जिङ स्टेशन भने पर्याप्त मात्रामा छैनन् । हुन्डाईले पुराना तथा नयाँ ग्राहकले सहज तरिकाले मोबाइल फोन चार्ज गरे जस्तै तरिकाले चार्ज गर्न सकिने गरी यस्ता स्टेशन निर्माण गर्ने बताएको छ ।

देशभर स्थापना गरिएका यी ४० चार्जिङ स्टेशन वाहेक निकट भविष्यमै अन्य स्थानमा समेत यस्ता स्टेशन थप्दै जाने योजना रहेको कम्पनीले बताएको छ ।

नेपाली बजारमा हाल हुन्डाईका कोना र कोना फेसलिफ्ट इलेक्ट्रिक कार उपलब्ध छन् भने केही दिनमै आयोनिक ५ समेत लन्च हुँदैछ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले हाल देशभर १२ डिलरसिप र १८ सर्भिस सेन्टरमार्फत सेवा प्रदान गरिरहेको छ । विश्वका ५ प्रमुख अटोमोबाइल निर्माता मध्ये हुन्डाई पनि एक हो । विश्वभरका लाखौ ग्राहकले हुन्डाई गाडी प्रयोग गरिरहेका छन् ।

सम्बन्धित समाचारहरू

महिन्द्रा ट्रियो इलेक्ट्रिक रिक्साको मलंगवामा विक्री शुरु

महिन्द्रा ट्रियो इलेक्ट्रिक रिक्साको मलंगवामा विक्री शुरु

महिन्द्रा प्यासेन्जर कार तथा इलेक्ट्रिक भेहिकलको आधिकारिक बितरक अग्नी...

नक्सालमा नामीको शोरुम शुभारम्भ, मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा

नक्सालमा नामीको शोरुम शुभारम्भ, मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा

काठमाडौं – नेपालका लागि डोङफेङ मोटर्सको आधिकारिक वितरक एमएडब्लु वृद्धि...

नेटा भीको मूल्य १ लाख बढ्यो : अबको मूल्य कति ?

नेटा भीको मूल्य १ लाख बढ्यो : अबको मूल्य कति ?

काठमाडौं – सरकारले बजेटमार्फत विद्युतीय सवारी साधनको कर बढाए पश्चात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...