म्याग्नाइट एसयूभी किन्दा ४ वर्षसम्म निशूल्क पेट्रोल पाइने

काठमाडौँ — निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले आफ्नो लोकप्रिय एसयूभी म्याग्नाइटलाई लक्षित गरी नयाँ स्किम ल्याएको छ । उक्त स्किम अन्तर्गत ग्राहकले निसान म्याग्नाइट खरिद गर्दा चार वर्षसम्म निःशुल्क इन्धन(पेट्रोल) र अन्य विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

यो नयाँ स्किममार्फत ग्राहकले चार वर्षको लागि ‘फ्रि रनिङ कस्ट’ सहित महत्वपूर्ण बचतको मज्जा लिन सक्ने कम्पनीले जनाएको छ । निशूल्क इन्धन सुविधासगै ग्राहकले चालू आर्थिक वर्षका लागि निःशुल्क सडक करको समेत लाभ लिन सक्नेछन् । योजना सिमित अबधीका लागि मात्र ल्याइएको र यसमा केही नियम र सर्तहरु लागु हुने जनाइएको छ ।

ग्राहकलाई विभिन्न लाभ तथा फाइदा प्रदान गर्न यो नयाँ स्किम ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडाले बताए । उनका अनुसार म्याग्नाइट उत्कृष्ट पर्फमेन्स, कम्फर्ट र स्टाइल प्रदान गर्न डिजाइन गरिएको एसयुभि भएका कारण यो नेपाली सडक तथा नेपाली गाडी खरिदकर्ताका लागि पहिलो रोजाई बनेको छ । एसयूभी बजारमा उत्कृष्ट विकल्प बन्दै आएको यसको ’रिसेल भ्यालु’ पनि राम्रो रहेको उनको भनाई छ ।

पायोनियर मोटोकर्पले विगत ७ वर्षदेखी जापनिज ब्राण्ड निसानका गाडी आयत गरी बिक्री गर्दै आएको छ । कम्पनीले गत सेप्टेम्बरमा यसको एएमटि (अटोमेटेड म्यानुअल ट्रान्समिसन) मोडललाई लन्च गरेको थियो । कम्पनीले हाल नेपालभर १३ स्थानमा सोरुम संचालन गरी गाडीको बिक्री र बिक्री पछिको सेवा प्रदान गर्दै आएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...