पूर्वी क्षेत्रको सफल यात्रापछि प्रोटन इमास–७ अभियान पश्चिमतर्फ बढ्दै
काठमाडौं– नेपालको पूर्वी क्षेत्रको सफल भ्रमणपछि प्रोटन इमास–७ ले...
काठमाडौं – साझा यातायातका ३७ बिजुली बस नेपालका लागि प्रस्थान गरेका छन् । साझा यातायातले ट्वीट मार्फत ३७ वटा बिजुली बस चीनको न्यान्जिङ शहरबाट कोदारी राजमार्ग हुँदै काठमाडौंको यात्रा शुरु गरेको जानकारी दिएको छ।
ती बस तिहार अघि नै काठमाडौं आइपुग्ने बताइएको छ । साझा यातायातले २०७७ चैत १३ गते ४० वटा विद्युतीय बस खरिदका लागि ग्लोबल टेण्डर आह्वान गरेको थियो।
साझालाई विद्युतीय बस बिक्री गर्नका लागि ९ वटा चिनियाँ कम्पनीले प्रस्ताव पेश गरेका थिए। तीमध्ये सीएचटीसी किनवेन (नान्जिङ) कम्पनी छनोट भएको थियो।
कम्पनीबाट उत्पादित ३ वटा विद्युतीय बस परीक्षणका लागि गत असारमा नेपाल भित्रिएका थिए। सफल परीक्षण पश्चात हाल यी बस काठमाडौं उपत्यकामा सञ्चालन भइरहेका छन्। अपांगमैत्री रहेकाले सबैलाई सहज भएको साझा यातायातको भनाई छ।
४० वटा विद्युतीय बस र तिनलाई आवश्यक पर्ने २० वटा चार्जिङ स्टेसनका लागि करिब ४५ करोड रुपैयाँ लागेको छ।
काठमाडौं– नेपालको पूर्वी क्षेत्रको सफल भ्रमणपछि प्रोटन इमास–७ ले...
काठमाडौं – नेपालको विश्वासिलो ट्याक्सी फ्लिट मेट्रो अनलाइन ट्याक्सीले...
चिनियाँ कार निर्माता कम्पनी वुलिङ होङगुआङको मिनी इलेक्ट्रिक कारको सफलता...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...