३५ लाख भन्दा कम मूल्यमै पाइने भयो हुन्डाई एक्सटर

हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल बहुचर्चित एसयूभी एक्सटरको बुकिङ खुला गर्नुका साथै मूल्य समेत सार्वजनिक गरेको छ ।

६ कलर अप्सनमा आउने हुन्डाई एक्सटर ईएक्स, एस र एसएक्स गरी तीन भेरिएन्टमा उपलब्ध हुनेछ, जसको मूल्य क्रमशः ३४ लाख ९६ हजार, ४० लाख ९६ हजार र ४४ लाख ९६ हजार रुपैयाँ हुनेछ ।

हुन्डाई एक्सटर ५ सिटर एसयूभी कम्पनीको मोडल लाइनअपमा पहिलो एसयूभी हो जुन हुन्डाई भेन्यु भन्दा अघि रहने छ । आकर्षक बनोट र बिभिन्न फिचरले एक्सटरलाई एक बिशेष एसयूभी बनाएको छ ।

गत जुलाई महिनामा भारतमा सार्वजनिक गरिएको एक्सटर भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (आईकोटी) को विजेता समेत बनेको छ ।

एक्सटरको फ्रन्टमा स्प्लिट हेडलाइट सेटअप र एलईडी डीआरएल दिइएको छ। यसको डीआरएल एच प्याटर्नमा राखिएको छ र इन्टेरियरमा इलेक्ट्रिक सनरुफ, वायरलेस चार्जर, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर लगायत अन्य प्रशस्त फिचर उपलब्ध छ।

१.२ लिटर पेट्रोल इन्जिन जडित सो एसयूभीको पावर ८३ एचपी र टर्क ११४ एनएएम रहेको छ । सो एसयूभीमा १८ प्रकारका ‘फर्स्ट–इन –सेग्मेन्ट’ फिचर दिइएको छ । हुन्डाईले एसयूभी एक्स्टरमा पहिलोपटक ६ वटा एयरव्याग दिएको छ । यसैगरी यसमा शार्क–फीन एन्टेना, फुटवेल लाइटिङ, मेटल प्याडल, भ्वाइस–इनेवल्ड सनरुफ र वायरलेस चार्जर लगायत अरु सेफ्टी, कन्भेनिएन्ट र कम्फर्टका फिचरलाई बिशेष ध्यान दिएर बनाइएको छ ।

यसमा १८५ एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स रहेको छ, जसले गर्दा नेपालको बिभिन्न बाटोहरुमा सहज यात्रागर्ने आत्मविश्वास दिलाउँछ। हिल एसिस्ट कन्ट्रोल (एचएसी) र भेइकल स्ट्याविलीटी म्यानेजमेन्ट (भीएसएम) जस्ता ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर्स पनि यसमा समावेश गरिएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरी १७ शोरुम तथा १९ सर्भिस सेन्टर र ४५ भन्दा बढी चार्जिङ पोइन्टहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको बताएको छ ।

हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...